( प्रकासित मिती: २०७६ माघ १६, विहीवार)
श्याम घिमिरे
माघ १६ अर्घाखाँची- ग्रिन ईङ्लिस बोर्डिङ स्कुल सन्धिखर्क नगरपालीका २ चुत्राबेसीको आयोजनामा बिद्याकी देबि सरस्वतीको बिशेष पुजा तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच सन्धिखर्क नगरपालीकाका शिक्षा शाखा प्रमुख युगलनारायण बस्सेलले सरस्वतिको फोटामा माल्यापर्णगरी उद्घाटन गनुभएको हो ।
उद्घाटन कार्यक्रममा मनतब्य राख्दै बस्सेलले शिक्षक बिद्यार्थी र अभिभाबकको त्रिकोणात्मक सम्बन्ध राम्रो भएमा मात्रै शिक्षामा आमुल परीबर्तन गर्न सकिने भन्दै शिक्षा र स्वास्थ्यनै सामाजीक बिकाशको मुख्य मेरुदण्ड भएको बताउनु भयो । बस्सेलले हरेक गतिबिधिमा बिद्यालयले उत्कृष्टता हासील गरेकोमा बिद्यालय परीबारलाई बधाई दिदै नगरका सबै बिद्यालयहरुको बिकासमा नगरपालीकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
बिद्यालयका प्रिन्सिपल टेकबहादुर थापाको अध्यक्षता,शिक्षक ओमप्रकाश पौडेलको स्वागत मनतब्य र सहायक प्रिन्सिपल नारायण भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा बिद्यालयका कम्पनी रजिष्टर अध्यक्ष हुमा बन्जाडे,बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद भुसाल,शिक्षक अभिभाबक संघका अध्यक्ष तुल्सीराम खनाल,बिद्यार्थी सम्झना थापाक्षेत्री लगायतले शुभकामना मनतब्य राख्दै बिद्यालको उज्वल भबिश्यको कामना ब्यक्त गर्नु भएको हो ।
कार्यक्रममा शैक्षिक सत्र २०७५ मा बिभिन्न बिधामा उत्कृष्टता हासील गर्ने छात्रछात्राहरुलाई पुरस्कार बितरण समेत गरीएको थियो ।