ठाडामा फागुन १ गतेबाट प्रथम शितगंगा कृषि पर्यटन तथा उद्यौगिक ब्यापार महोत्सव हुँदै


अर्घाखाँचीडट्कम संवाददाता
 ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको उद्योग बाणिज्य संघको आयोजनामा फागुन १ गतेबाट   ठाडामा हुन लागेको प्रथम शितगंगा कृषि पर्यटन तथा उद्यौगिक ब्यापार महोत्सवको मुल आयोजक समिति गठन भएको छ । 
शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीको संयोजकत्वमा २९ सदस्यिय मुल आयोजक समिति गठन भएको हो । यूतै महोत्सव भब्य रुपमा सम्पन्न गर्न बिभिन्न ११ उप समिति समेत गठन भएको छ । महोत्सवमा १०० बढी स्टलहरु रहने मेला संयोजक चिन्ताराज अधिकारीले जानकारी दिनु भयो । महोत्सवमा स्थानिय कृषि उत्पादन हस्तकला लगायत बिभिन्न स्टलहरु रहने जानकारी दिनु भयो । महोत्सवमा बिभिन्न बाल उद्यानका सामाग्री समेत रहने छन । 
यस्तै प्रथम शितगंगा डान्स आइडलको फारम समेत भर्न सुरु गरि सकेकोले इच्छुकलाई सहभागि हुन समेत अधिकारीले अनुरोध गर्नु भयो । 
साथै स्टल बुकिंङ समेत सुरु भएकोले बेलैमा स्टल बुक गर्न अनुरोध गर्नु भयो स्थानिय ब्यापारी हरुको लागि स्टलमा समेत २५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ भने घरेलु उत्पादनका सामाग्रीका स्टलमा समेत छुटको ब्यवस्था रहेको छ ।
महोत्सव भब्य रुपमा सम्पन्न गर्न बिभिन्न ११ उप समिति: 
१) मुल आयोजक समिती
२) संरक्षक समिती
३) सचिवालय समिती
४) आर्थिक समिती
५) अतिथी सत्कार समिती
६) मिडिया समिती
७) प्राथमिक स्वास्थ सेवा समिती
८) प्रचार प्रसार समिती
९) यातायात समिती
१०) सरसफाइ तथा खानेपानी समिती
११) सल्लाहकार समिती

अन्य समाचारहरु