(प्रकासित मिती: २०७६ माघ १६, विहीवार)
प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आप्ःनै ९ बर्षिय छोरीलाई जवरजस्ती बलत्कार गर्ने बाबुलाई जिल्ला अदालत अर्घाखाँचीले जन्म कैदको फैसला सुनाएको छ ।
अर्घाखाँची जिल्ला शितगंगा नगरपालीका वार्ड नं. ४ ठाडाका एक ब्यक्तिले आफ्नै ९ वर्षकी छोरीलाई जबरजस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा बाबुलाइ जिल्ला न्यायधीश बासुदेव न्यौपानेको इजलासबाट जन्म कैद हुने ठहरी फैसला भएको निमित्त श्रेस्तेदार नारायण बहादुर भट्टराईले जानकारी दिनुभयो ।
निजले गएको साउन २ गते आफुनै ९ बर्षिय छोरीलाइ जबरजस्ती करणी गरेपछि उनी विरुद्ध मुद्धा दर्ता भएको थियो । १० बर्ष भन्दा कम उमेरका बालबालिकालाई जबरजस्ती करणी गरेमा कानूनमा व्यबस्था भए बमोजिम जन्म कैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताउनु भयो ।
त्यस्तै सन्धिखर्कको डिभर्नामा ५ बर्षिय नातिनीलाई बलत्कार गर्ने हजुरबुबालाई २० बर्ष कैद र ४० हजार जरिवानाको फैसला जिल्ला अदालतले गरेको सुचना अधिकारी गैरेले बताउनु भयो ।