अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको एक महिने बिशेष अभियान लक्षित बिस्तारित बैठक सम्पन्न (तस्बिर सहित )

माधव खनाल
सन्धिखर्क, अर्घाखाँची माघ १८ (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको एक महिने बिशेष अभियान लक्षित बिस्तारित बैठक सम्पन्न भएको छ । 
राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला समितिको आयोजनामा एक महिने बिशेष अभियान लक्षित बिस्तारित बैठक अखिल नेपाल किसान माहासंघका केन्द्रिय अध्यक्ष भैरहव रेग्मिको प्रमुख आतिथ्यतामा  सन्धिखर्कमा सम्पन्न भएको हो । 
उक्त बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख अतिथी रेग्मीले पार्टिले आगामी फागुन १ गतेदेखि सन्चालन गर्न लागेको एकमहिने साङ्गठनिक अभियानलाई आफ्नो तह र तप्काबाट सक्दो सहयोग गर्न आग्रह गर्नुभएको थियो यस्तै कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य मनोज भट्टले नेपालमा कुनै पनि हालतमा एम सिसि पारित नहुने जिकिर गर्नु भयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी मसालका अर्घाखाँची जिल्ल प्रवक्ता पशुपति ढकाल अखिल नेपाल महिला संघकि जिल्ला सचीव कल्पना पोख्रेल जातिय समाता समाजका जिल्ला अध्यक्ष  राजेन्द्र नेपाली अखिल छैठौंका जिल्ला अध्यक्ष पुरन नेपाली  लगायतले मन्तव्य राख्नुभएको थियो  साथै विस्तारित बैठकले जिल्लाका ३ नगरपालिका ३ गाउँपालिका र ६१ वडामा संगठन परिचालन समिती समेत गठन गरेको छ ।
जनमोर्चा अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसिको अध्यक्षता उपाध्यक्ष गोपाल पौडेलको स्वागत र सचीव बाबुराम पन्थिको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु