श्याम घिमिरे
माघ १९ अर्घाखाँची- हिन्दुधर्म रक्षा परीषद् नेपाल अर्घाखाँचीले यही माघको २४ गते सन्धिखर्कमा बृहत प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने भएको छ ।
परीषद्मा आबद्ध युबा स्वयंमसेबकहरुलाई माघ २४ गते सुक्रबार एक दिने प्रशिक्षण कार्यक्रम गर्न लागीएकोे हिन्दुधर्म रक्षा परीषद् नेपालका केन्द्रीय अध्यक्ष नारायण खनालले जानकारी दिनुभयो । कार्यक्रम तयारीको बारेमा जानकारी दिने उद्देश्यले आईतबार सदुमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरी अध्यक्ष खनालले कार्यक्रमको तयारी अन्तमि चरणमा पुगेको बताउनुभयो । पत्रकार सम्मेलनमा मनतब्य राख्दै अध्यक्ष खनालले बैदिक सनातन हिन्दुधर्मको रक्षा र यसको व्यापक प्रचारप्रसारको लागी एक दिने प्रशिक्षण राखीएको बताउनुभयो ।
प्रशिक्षणमा प्रा. हरीप्रसाद सोडारी र प्रा.डा.देबमणी भट्टराईले सहजिकरण गर्ने समेत खनालले जानकारी दिनुभयो । परीषद्ले जिल्लामा पछिल्लो समय हिन्दुधर्म रक्षार्थ बिभिन्न सांगठनिक गतिबिधिहरु सञ्चालन गरीरहेको हिन्दू जागरण युवा स्वयंसेबक नेपालका जिल्ला अध्यक्ष नारायण खड्काले बताउनु भयो ।