श्याम घिमिरे
सन्धिखर्क, माघ १९ अर्घाखाँची – जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा दादुरा-रुबेला खोप अभियान तथा नियमित खोपको सुदृढीकरण कार्यक्रम अन्र्तरगत एक दिने अभिमुखि करण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लामा कृयाशिल सञ्चारकर्मीहरु बिच एक दिने अभिमुखिकरण कार्यक्रम आईतबार सम्पन्न भएको हो । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीमा आयोजित कार्यक्रममा जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कपिल गौतम,जनस्वास्थ्य अधिकृत गणेश राज पौडेल,स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापा, रामप्रसाद गौतम लगायतले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा दादुरा–रुबेला खोप अभियान २०७६।७७ को बारेमा जानकारी गराईएको हो । कार्यक्रममा नेपालबाट दादुर –रुबेला रोग पूर्णरुपमा निवारण गर्न ९ महिना देखी ५ बर्षमुनिका सबै बालबालीकालाई खोप लगाउन प्रचारप्रसार मार्फत आग्रह गर्ने कुरामा समेत जोड दिईएको थियो ।