अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर । अर्घाखाँचीको मालारानी गाउँपालिका वार्ड नम्बर ७ हंसपुरका स्थानीय समाजसेवि क्याप्टेन इन्द्र बहादुर खड्को निजि लगानीमा निर्माण भएकोे नरसिंहस्थान सिला प्रबेश को उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
क्याप्टेन खड्काले झन्डै २ लाखको निजिलगानीमा निर्मांण गरेको सिला प्रबेश द्वारको एक कार्यक्रमका बिच मालारानी गाउपालिकाका अध्यक्ष बालकृष्ण आचायले उद्रघाटन गदै निजि लगानीमा प्रबेशद्रर बनाइदिएकोमा धन्यबाद समेत दिनुभएको थियो ।
कार्यक्रममा नरसिंहस्थानमन्दिर ब्यवस्थापन समितिका अध्यक्ष दलबहादुर भटराई , पतनजली योगसमितिकी अध्यक्ष शान्ता खत्री लगायतले मनतब्य राख्नुभएको थियो । कार्यक्रमको पत्रकार इन्द्र रेग्मीको संचालनमा सम्पन्न भएको हो ।