सिमलपानीका किसानहरुले सिन्काउलीको पात बेचेर राम्रो आम्दानी गर्दै (तस्बिर सहित )

अर्घाखाँचीडट्कम संवाददाता 
 सिमलपानी, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४  सिमलपानीको करेचुलीका किसानहरुले सिन्काउलीको व्यापार राम्रो आम्दानी गरेका छन् । 
मासुमा राख्ने मसला र पिउने चिया लगायतका वस्तुमा प्रयोगमा आउने सिन्काउलीका पात यहाँका गाउँमा नै ४० रुपैयाँ प्रती किलोमा बिक्री हुने गर्द्छ । 
खरिद गर्न बुटवल काठमाडौंबाट सुकेको सिन्काउली किन्न व्यापारीहरु आउने गरेका वार्ड सदस्य लाल बहादुर पान्डेले अर्घाखाँचीडट्कमलाई बताउनु भयो ।

अन्य समाचारहरु