सन्धिखर्कमा हाइटेन्सनको तार छुदा करेन्ट लागेर एक जना घाइते

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा करेन्ट लागेर एक जना घाइते भएका छन् । 
सन्धिखर्कको शान्ति बगैंचा नजिकै एक घरको छतबाट हाइटेन्सनको तार फलामको सरियाले छुदा  सन्धिखर्क-२,कुर निवासी बर्ष १८ का राजेश नेपाली घाइते भएका हुन् ।  
करेन्ट लागेर घाइते भएका उहाको  उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो ।  आज दिउसो करेन्ट लागि घाइते हुनुभएका नेपालीको जिल्ला अस्पताल अर्घाखाँचीमा सामान्य उपचार पछी पुर्णरुपमा निको भइ घर फर्कनुभएको अस्पताल स्रोतले जनाएको छ । 

अन्य समाचारहरु