अर्घाखाँचीमा विश्व क्यान्सर रोग दिवस मनाईयो (तस्बिर सहित)

हिम जिसी लेकाली
सन्धिखर्क, अर्घाखाँची । नेपाल अर्वुद रोग निवारण संस्था अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा विश्व क्यान्सर रोग दिवस मनाईएको छ ।
दिवसको अवसरमा संस्थाले सन्धिखर्क नगरपालिकाको वडा नम्बर २ को डायमण्ड होटलमा अन्तरकृया कार्यक्रम को आयोजना गरेको हो ।
संस्थाका अध्यक्ष नारायण प्रसाद पौडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान्सर रोग संग लड्दै गर्नु भएका सामाजिक तथा राजनितिक ब्यक्तित्व बुद्धि बहादुर रायमाझी ले क्यान्सर रोगको बारेमा आफ्ना भनाइहरू राख्दै हामी सबै क्यान्सरको जोखिममा रहेको हुँदा रोगलागेपछि उपचार गर्ने मात्र नभै समय समयमा पुरै स्वास्थ्यको चेकजाँच गर्नु पर्ने बताउनु भयो। फोक्सो को क्यान्सरबाट पिडित रायमाझीले यो रोग लागे पछि रोग निको हुन्छ भन्ने आत्मबलको बिकास गर्नु जरूरि भएको बताउदै आफु सन्चो हुने उच्चमनोवल ब्यक्त गर्नु भयो । त्यसै गरि फोक्सो र मुटुको क्यान्सर रोगको उपचार गराई रहनुभएको सनपा २ का गोपाल भुसाल ले आफ्ना अनुभुतिहरू राख्नु भएको थियो ।
कार्यक्रममा सनपा ३ का वडा अध्यक्ष लिला गौतम ,१० का अध्यक्ष लक्ष्मी नारायण चुदाली , अर्वुदका निबर्तमान अध्यक्ष पिताम्वर बन्जाडे ,अर्घाखाँची शिक्षा क्याम्पस प्रमुख श्रीकृष्ण भुसाल,शैक्षिक ब्यक्तित्व बिजुला रायमाझी ले क्यान्सर रोगकोबारे जनचेतना फैलाउनु पर्ने ,क्यान्सर पिडितलाई सहयोग तथा परामर्श दिनु पर्ने र पिडित परिवारलाई समेत सघाउ पुर्याउन सबै लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा क्यान्सर रोग लागेर निको हुनु भएका कमला अर्याल ,चतर्भुज पन्थी ,लाल बहादुर कुमाल ,कमला वन्जाडे ,पबित्रा खनाल ,मिलन के।सि,सुनिता बेल्वासे ,टोपला श्रेष्ठ ,प्रेम कुमारि भुसाल लगायतले आफ्ना अनुभुतिहरू सुनाउनु भएको थियो ।
सोहि कार्यक्रममा क्यान्सर लागि निको हुनु भएकि सनपा २ चुत्रावेसि निवासि प्रेमकुमारि भुसाल का श्रीमान तारा भुसाल ले अर्बुद रोग निवारण संस्था अर्घाखाँची लाई पच्चीस हजार एक रकम दिने घोषणा गर्नु भएको छ । त्यसैगरि सनपा २ निवासी केशव खनाल कि श्रीमती पवित्रा खनाल ले पनि संस्था लाई एक्काईस हजार प्रदान गर्ने बताउनु भएको छ । 
कार्यक्रम अर्घाखाँची अस्पताल प्रा लि को सहयोगमा सम्पन्न भएको बताएको छ ।

अन्य समाचारहरु