नरपानी जगताको विद्या विनय आधारभुत विद्यालयमा ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघको गठन

प्रेम नारायण आचार्य
जगता,  नरपानी । विद्या विनय आधारभुत विद्यालय सन्धिखर्क नगरपालिका ६ नरपानी जगतामा विद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघको गठन गरिएको छ । 
अभिभावकको भेलाले इन्द्रमणि न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यबस्थापन समिति र ढुण्डीराज न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघको गठन गरेको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर शिक्षा अधिकारी युणल नारायण बसेल, सन्धिखर्क ६ का वडा अध्यक्ष कृष्ण बहादुर आचार्य, प्रधनाध्यापक चित्रकला न्यौपाने, स्थानीय बुद्धि न्यौपाने लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम भुतपुर्ब विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओम प्रकाश भटराईको अध्यक्षता, शिक्षक चिरञ्जिबी पौडेलको सञ्चालन र शिक्षक नारायण घिमिरेको स्वागतमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु