ढिकुराको श्री शारदा माबि गैरागोठमा आत्महत्या न्यूनीकरण तथा साईबर अपराध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ९ ढिकुराको श्री शारदा माध्यमिक बिद्यालय गैरागोठमा आत्महत्या न्यूनीकरण तथा साईबर अपराध सम्बन्धी बिषयमा सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी”कार्यक्रम अनुसार “प्रहरी-बिद्यालय सम्पर्क कार्यक्रम”अन्तर्गत श्री शारदा माध्यमिक बिद्यालय गैरागोठका कक्षा ७,८,९ र ११ मा अध्ययनरत छात्र-छात्रा लगायत शिक्षकहरुको उपस्थिथिमा प्र.स.नि.राम नारायण चौधरीले आत्महत्या न्यूनीकरण तथा साईबर अपराध सम्बन्धी बिषयमा सचेतनामुलक प्रशिक्षण दिनु भएको थियो । 

अन्य समाचारहरु