धनचौरमा प्रहरीको आत्महत्या न्यूनीकरण तथा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक र पर्चा पम्पिलेट वितरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. १० धनचौरमा आत्महत्या न्यूनीकरण तथा लागुऔषध नियन्त्रण सम्बन्धी विषयमा सचेतनामुलक कार्यक्रम गर्नुका साथै जनचेतनामुलक पर्चा पम्पिलेट वितरण कार्यक्रम सम्पन्न भएको छ ।  
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अनुसार धनचौरमा स्थानियवासी, बुद्धिजिबी, युवा तथा महिलाहरु, विद्यार्थीहरुको उपस्थीतिमा प्र.स.नि.राम नारायण चौधरीले आत्महत्या न्यूनीकरण तथा लागुऔषध नियन्त्रण सम्बन्धी विषयमा सचेतनामुलक कार्यक्रम गर्नुका साथै जनचेतनामुलक पर्चा पम्पिलेट वितरण गर्नु भएको थियो । 

अन्य समाचारहरु