सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । बिगत लामो समयदेखि कपिलवस्तुको कृष्णनगरको सेवा क्षेत्र भित्र रहेको आन्तरिक राजस्व कार्यालय अर्घाखाँची जिल्लामा स्थापना हुने भएको छ ।
अर्घाखाँचीका ब्यबसायीहरु कपिलवस्तुको कृष्णनगर पुगेर कर बुझाउनु पर्ने बाध्यता अब अन्तय भएको आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत पुन्य प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
आन्तरिक राजस्व कार्यालय कृष्णनगरमा प्रमुख कर अधिकृतको रुपमा पुन्यप्रसाद न्यौपाने हाजिर भएपछि अर्घाखाँचीमा पनि कर सेवा कार्यालय स्थापना गर्ने पहल गरेसगै अर्घाखाँचीमा कर कार्यालयल स्थापना हुने भएको हो ।
न्यौपानेले भन्नु भयो ब्यबसायीहरुको मर्कालाई ध्यानमा राखेर आफ्नो पहलमा कृष्णनगरमा सेवा ग्राहीको मर्कालाई ध्यानमा राखी कार्यालय भित्र राजस्व बुझाउन नेपाल बैक लिमिटेडको काउन्टर राख्न सफल भएको थिए ।
अब कपिलवस्तुको तौलिहवा र अर्घाखाँचीको सन्धिखर्कमा कर सेवा कार्यालय स्थापनाका लागि पनि कर सेवा कार्यलय स्थापना गर्ने अर्थमन्त्रालयले निणर्य गर्दा आफु समेत उत्साहित भएको उहाको भनाई छ ।
राजस्व कार्यलय स्थापनाका लागि नयाँ कार्यालय स्थापना गर्न पर्ने भएको कारण अब केहि दिन भित्रबाट प्रक्रिया शुरु हुने छ ।
आगामी महिनाबाट कर सम्बन्धी सबै काम अनुगमन निरिक्षण अर्घाखाँची कार्यालयबाट हुने न्यौपानेले बताउनु भयो ।