ठाडामा फागुन १ गतेबाट हुने प्रथम शितगंगा कृषि पर्यटन तथा उद्यौगिक ब्यापार महोत्सवको तयारी तिव्र


अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ठाडामा शितगंगा उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको प्रथम शितगंगा कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सवको तयारीमा उद्योग बाणिज्य संघ लागेको छ । 
महोत्सव स्थलमा स्टल बार्ने तथा फिल्ड मर्मतको काम धमाधम भइरहेको मुल आयोजक समितिका संयोजक चिन्तराज अधिकारीले जानकारी दिनु भयो । फाल्गुन १ गते बाट सञ्चालना हुन लागेको महोत्सवको यति बेला प्रचार प्रसार तथा स्टल बुकिंङको काम धमाधम भएको अधिकारीले जानकारी दिनु भयो । स्टल सख्या कम भएकोले पनि इच्छुक ब्यापारीलाइ स्टल बुकिङको लागि अनुरोध गर्नु भयो ।
डान्स आइडलको समेत फारम भर्ने काम सुरु भइरहेकोले बिभिन्न बिद्यालय तथा कल्वहरु लाई डान्समा रुचि राख्ने लाइ सहभागी गराउन अनुरोध गर्नु भयो । महोत्सव लाई सम्पन्न गर्न ११ वटा उपसमिति गठन गरिएको छ । महोत्सवमा शितगंगा नगरपालिकाका जनप्रतिनिधीले समेत स्थानिय उत्पादनहरुको बिक्री बितरणको लागि बिभिन्न स्टलको ब्यवस्था गर्ने भएका छन । नगरपालिकाका नगर प्रमुख , उप प्रमुख तथा वडा अध्यक्षले स्थानिय उत्पादनमा कृषि उपज तथा , डोका नाम्ला देखि बाँसमा मान्द्रा, बुढा लगायत बिभिन्न उत्पादनको सामाग्रीहरुको प्रदशन तथा बिक्री बितरणको ब्यवस्था गर्ने भएका छन । 
यस्तै पर्यटन बर्ष भब्यरुपमा सम्पन्न गर्न नगपालिकामा रहेका मुख्य प्रयटकिय स्थलको प्रचार प्रसार गर्ने योजना रहेको उद्योय बाणिज्य संघका अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।

अन्य समाचारहरु