सन्धिखर्कमा कांग्रेसको नगर समितिको तयारी बैठक सम्पन्न

Image result for विपि स्मृति भवन सन्धिखर्क ARGHAKHANCHI.COM

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाली काङग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा विपि स्मृति भवन सन्धिखर्कमा अनुशिक्षण कार्यक्रमका लागी सन्धिखर्क नगर समितिको तयारी बैठक सम्पन्न भएको छ । 
बैठक नेपाली काङग्रेस संगठन विभाग प्रमुख तथा महाधिबेशन प्रतिनिधी कृष्ण खनालको संयोजकत्वमा सम्पन्न भएको हो ।
बैठकमा नेपाली काङग्रस पूर्व जिल्ला सभापति कमल प्रसाद भुसाल , उपाध्यक्ष शान्ता भण्डारी , सदस्य सतिा भुसाल, नगर भित्रका १२ वटा वडाका वडा सभापति , नेपाली काङग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु लगायतको उपस्थितीहरुको थियो । अनुशिक्षण कार्यक्रम फाल्गुन महिनाको ५ र ६ गते हुनेछ । 
बैठकले नगर भित्रका सम्पूर्ण वडा समितिहरुको बैठक तत्काल बस्ने र पार्टीका सबै भातृ संघसस्थाहरु , वडा कार्य समिति , सुभेच्छु सस्था , पार्टीका जनप्रतिनिधीहरुलाई कार्यक्रममा उपस्थित हुनका लागी गनुरोध गर्ने निर्णय गरेको छ ।

अन्य समाचारहरु