अर्घाखाँचीमा मसाल निकट अखिल नेपाल बुद्धिजीवी संघको गणतन्त्र र धर्म निरपेक्षता रक्षा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ( तस्बिर सहित)

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । नेकपा मसाल निकट अखिल नेपाल बुद्धिजीवी संघ जिल्ला समिति अर्घाखाँचीको आयोजनामा राष्ट्रियता ,गणतन्त्र र धर्म निरपेक्षताको रक्षा बिषयक अन्तरक्रिया कार्यक्रम सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । 
कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार लिला बहादुर केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको हो । संघका जिल्ला अध्यक्ष नरेन्द्र बहादुर थापाको अध्यक्षता, खिमानन्द पोख्रेलको स्वागत मनतव्य र पशुपति बन्जाडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी,प्रगतिशिल लेखक संघका जिल्ला अध्यक्ष बुद्धिबहादुर रायमाझी,सहभागी कमल प्रसाद भुसाल,हिमलाल बेल्बासे लेखनाथ बन्जाडे लगायतले टिप्पणी मुलक मनतब्य राख्नु भएकोे हो ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार केसीले नेपालको संबिधान २०७२ ले दिएका मुख्य बिषयहरु राष्ट्रियता ,गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्न सम्पुर्ण राष्ट्रप्रेमि नेपालीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । केसीले राष्ट्रियताप्रति गम्भीर नभएमा देशमा ठुलो दुर्घटना हुनसक्ने भन्दै समयमै सचेत रहन सबैलाई आग्रह समेत गर्नुभयो ।

अन्य समाचारहरु