अर्घाको धरमपानीमा छहारी कृषि समुहको तेस्रो साधारण सभा सम्पन्न ( तस्बिर सहित)

प्रेम नारायण आचार्य
धरमपानी  । कृषि पेशालाई आर्थिक विकासको आधार बनाऔ, अर्गानिक र व्यवसायीक कृषिको विकास गर्रौ भन्ने मुल नाराका साथ स्थापनाभएको छहारी कृषि समुह सन्धिखर्क १० अर्घा धरमपानीको तेस्रो साधारण सभा आज सम्पन्न भएको छ ।
साधारण सभाको उद्धाटन गर्दै सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले निर्बाहमुखी कृषि पेशालाई ब्यवासयीक बनाउन सबै लाग्नु पर्ने बताउनु भयो । उँहाले कृषि र पशुपालनले मात्रै देशको अािर्थक समृद्धि हासिल हुने भएकाले सबैलाइ ब्यसायीक कृषिबाट स्वरोजगार बन्न आग्रह गर्नु भयो ।
कार्यक्रममा वडा सदस्य ऋषिकेस भुसाल, सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, आदर्श बहु उदेश्यीय सहकारी सस्थाका बलदेव भुसाल, अर्घा साना किसान सहकारी सस्थाका विमला आचार्य, आदर्श आधारभुत विद्यालयका प्रधनाध्यापक खगेश्वर नेपाली लगायतले मन्तब्य राख्नु भएको थियो ।
छहारी कृषि समुहका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षता, अरुण आचार्यको सञ्चालन र कृष्णप्रसाद आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको साधारण सभामा सचिव रिखिराम आचार्यले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष खडानन्द आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अन्य समाचारहरु