ठाडा सहित शितगंगा नगरपालिकाका कयौ रेस्टुरेन्टहरु दर्ता नै नगरी सञ्चालन (तस्बिर सहित)

अशोक खनाल
ठाडा, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाका विभिन्न वार्डहरुमा रहेका कृषि फम, किराना तथा गल्ला, होटल, रेस्टुरेन्टहरुको अनुगमन गरिएको छ ।
घरेलु तथा साना उद्योग बिकास समिति कार्यलयको अनुरोधमा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको नेतृत्वमा गएको टोलीले आईतबार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा होटल तथा रेस्टुरेन्टहरु घरेलुमा दर्ता नै नगरी सञ्चालन गरिएको भेटिएको छ । त्यस्ता होटल तथा रेस्टुरेन्टहरुलाई तीन दिन भित्र सबै प्रक्रिया पूरा गर्न निर्देशन दिईएको छ ।
अनुगमनका क्रममा केही कृषि फमहरु राज्यबाट अनुदान पाइन्छ कि पाईने आशमा दर्ता गरिएका भेटिए भने उक्त फमबाट अपेक्षाकृत उपल्धि समेत हासिल नभएको पाईएको छ ।
अनुगमनका क्रममा शितगंगा नगरपालिका वार्ड न.१२ मा निर्माणाधिन अन्नपूर्ण एग्रो ब्रिडिंग एन्ड रिसच प्रा.लि. को समेत अवलोकन गरिएको छ । करिब ४०० रोपनी भन्दा बढी जग्गामा निमार्णाधिन उक्त प्रा.लि.ले आगामी एक बर्ष भित्र ब्रिडिंग शुरु गर्ने जनाएको छ।
उक्त एग्रोका सुपरभाईजर गणेश कँडेलका अनुसार उक्त एग्रोले एक पटकमा ९० हजारसम्म चल्ला निकाल्ने छ । जसको लागि तीस हजार माउकको ब्यवस्था हुँनेछ ।
जिल्लाकै सबै भन्दा ठुलो यो प्रा.लिले ब्रिडिंग थालेसंगै छिमेकी जिल्लामा समेत चल्ला पर्याप्त पुर्याउँन सकिने कँडेलले जनाए ।
अनुगमन टोलीमा प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट, सशस्त्र प्रहरी नायब उपरीक्षक माधब रेग्मी , सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे, बिषेश नापी कार्यलयका प्रमुख खिम राना, सहायक जिल्ला न्याधिक्बक्ता हरि प्रसाद घिमिरे , घरेलु तथा साना उद्योग बिकाश समिति कार्यलयका प्रमुख केशव सुनार, अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, सितगङा नगरपालिक का नासु ओम पान्डे लगायत रहेका थिए ।

अन्य समाचारहरु