मालारानीका हंसपुर र खनदहका लागि बोरिङ्ग प्रविधिमार्फत खानेपानी निकालेपछि स्थानीयवासीहरू हर्षित

सुर्य भुसाल / अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाक‍ो मालारानी गाउँपालिका वार्ड नम्बर ६ को हंसपुर र वार्ड नं. ३ खनदहका लागि पहाडको टाकुराबाट बोर्रिङ मार्फत पानी निकालेपछि स्थानीयवासीहरू हर्षित भएका छन् ।
घेरा मालारानी पर्यटकिय पूर्वाधार मन्दिर उपभोक्ता समिति मालारानी गाउँपालिका वडा नं. ६ द्वारा मालारानीमा पिउने पानी व्यवस्थापनको लागि करिब ३ सय मिटर तल जमिन मुनिबाट  बोरिङ्ग मार्फत पानी निकालिएको हो ।
माघ १ गते बाट सुरू गरिएको कार्य मालारानी मन्दिर परिसर सडक किनाराबाट सुरू गरिएको थियो । मालारानी गाउँपालिकाको करिब ४२ लाखको लगानीमा मुक्तिनाथ डिलिङ एन्ड कन्ट्रकसन प्रालि रुपन्देहीको प्राबिधिक सहयोगमा डिप बोरिङ प्रबिधि मार्फत पानी निकालिएको कम्पनिका प्राबिधिक बासु भुसालले जानकारी दिनु भयो ।
बोरिङ गरेको पानी चौबीसै घन्टा डेडईन्च पानी खपत हुने प्राबिधिक भुसालले बताउनु भयो । यस्तो खालको प्रबिधि पहाडी जिल्लामा पहिलोपटक हो । पानी खान पाउने भएपछि स्थानिय निकै खुसि भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोक बहादुर बस्नेतले बताउनु भयो ।
खानेपानी डिप सिस्टमबाट निकालेपछि खानेपानीको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले उदघाटन गर्नु भएको थियो । उदघाटन कार्यक्रममा ब‍ोल्लदै अध्यक्ष आचार्यले यो प्रबिधि समय सापेक्षित भएको बताउदै यस्ता खालका प्रबिधिलाई मालारानीमा लागु गरेर सुरुवात गरेको र यो सफल हुँदा आफुहरु निकै हर्षित भएको बताउदै खानेपानीको समस्या मालारानीमा अन्त्य गरिने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री वार्ड नम्बर ८ का अध्यक्ष नरेन्द्र बस्नेत वार्ड नम्बर ६ का अध्यक्ष खडक भुसाल उपभोक्ता समितिका अध्यक्ष लोक बहादुर बस्नेत पत्रकार महासंघका सचिब सुर्य भुसाल पत्रकार नबिन केसी बिस्नु खनाल लगायत स्थानिय बासीको सहभागीता रहेको थियोे ।

अन्य समाचारहरु