सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेका सरकारी कार्यालयहरुको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले छड्के निरिक्षण गर्नु भएको छ ।
जिल्ला स्थित मालपोत, नापी लगायतका बिभिन्न सरकारी कार्यालयहरुले आर्थिक बर्षको ६ महिना अबधिमा गरिरहेका गतिविधि बारे जानकारी लिन र प्रभावकारी सेवा जनतालाई दिन निर्देशन दिन प्रजिअ छड्के निरिक्षण गर्नु भएको हो ।
कर्मचारी नियमितता कस्तो छ, खर्च कति गरेका छन, सेवा प्रवाह कस्तो छ, सेवाग्राहीहरु के भन्छन, कार्यालयमा के समस्स्या छन कि भन्दै आफु अनुगमन निस्किएको प्रजिअ पौडेलले जानकारी दिनु भयो ।