अर्घाखाँचीका सिडियोद्वारा सरकारी कार्यालयहरुमा निगरानी, जिल्लाका कार्यालयहरुको गतिविधि यस्तो छ- (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेका सरकारी कार्यालयहरुको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले निगरानी र छड्के निरिक्षण गर्नु भएको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारीले कार्यालयहरुको निरीक्षण गर्नुका साथै सेबाग्राहीहरुसँग परामर्श गर्नु भएको छ । उता आगामी दिनमा पनि कार्ययोजना अनुसार नियमित छड्के निरिक्षण र निगरानी गरिने प्रशासनले बताएको छ । 
पौडेलले जिल्ला स्थित सरकारी कार्यालयहरुमा निरीक्षण गर्दा यहाँका कार्यालयको गति विधि यस्तो छ: 
सडक पुर्बाधार बिकास कार्यालय:
कार्यलय प्रमुख अफिस को कामले जिल्ला बाहिर ।
दरबन्दी संख्या १४ ,रिक्त ६ जना ।
केन्द्र को योजना ११ वटा बजेट १३ करोड ८९ लाख ८८ हजार ।
प्रदेशका योजना- ३३ वटा ,बजेट ४५ करोड १६ लाख।
मर्मत ११ योजना -३ करोड ४४ लाख।जस मध्ये ९ वटा मा हेरालु २ ठेक्का मा।
जिल्ला हुलाक कार्यालय:
कार्यलयप प्रमुख बिरामी भै जिल्ला बाहिर
दरबन्दी संख्या १२,करार मा ३ जना , ३ रिक्त
चालू आब.पुजिगत तर्फ ७ लाख ,चालू तर्फ ३ करोड १७ लाख ।
काम हुलाक बचत बैंक ,केबल दर्ता नवीकरण ,चिट्ठी पत्र आदान प्रदान ,समस्या -काम प्रयाप्त नभएको , कामलाई आधुनिकीकरण गर्न नसकिएको,हुलाक बचत बैंक प्रभाबकारी नभएको, केन्द्र र प्रदेश बाट हुलाक प्रती ध्यान नदीएको।
संघिय खानेपानी तथा ढल ब्याबस्थापन आयोजना:
कार्यलय प्रमुख कार्यलयमा
दरबन्दी संख्या १९ – रिक्त ६
काम – खानेपानी तथा ढल
७८ वटा योजना हरु को कार्य अगाडि बढाएको मा केन्द्र र प्रदेश सग योजना जुधेको कारण ४० वटा योजना फिर्ता भएको २२ वटा सर्बेक्षणमा रहेको ।
३० करोड २७ लाख बजेट मध्ये ,३ करोड ४ लाख खर्च भएको ।
समस्या -थ्रेस होल्ड राखिएको कारण पहाडी जिल्ला मा एउटै आयोजनामा ५००० घर धुरी हुने सम्भावना नभएको ।ब्याबहारिक रूपमा कार्यन्वयन गर्न गार्‍हो भएको ,त्यस्को लागि पहाड मा २००० घर धुरी हुनु पर्ने , त्यस्को लागि सरकार कै टुट्टी रहेको , कर्मचारी लाई प्रदेश मा पठाइएको , यदि थ्रेस होल्ड नहटाएमा नाम रहे पनि आयोजना नरहने , यहाँ काम लगाउन पनि नसकिएको प्रोजेक्ट पनि नभए जस्तो।
खानेपानी तथा सरसफाइ डिभिजन साइड कार्यालय अर्घाखाँची :
कार्यलय प्रमुख लगायत का कर्मचारी फिल्ड मा गएको ।
दरबन्दी संख्या -९ जना ।
घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय:
कार्यलय प्रमुख कार्यलयमा।
दरबन्दी संख्या ७ रिक्त ३ ,उध्यम बिकास सहज कर्ता २ जना ।
काम – उद्योग धन्दा दर्ता नवीकरण ,औद्योगिक मेला महत्सब, सीप मुलक तालिम , उधय्मी हरुको पहिचान र प्राविधि हस्तान्तरण ।
आब. पुजिगत तर्फ-१५ लाख, चालू तर्फ – ९४ लाख ५५ हजार ।
समस्या – दरबन्दी अनुसार को जनशक्ति नभएको, लाइन नभएको बेला कुनै ब्याकअफ नभएको , सबारी साधन नभएको, ऐन नियम को समस्या ।
जिल्ला आयोजना कार्यन्यन इकाई ( शिक्षा )
कार्यलय प्रमुख कार्यलयमा ।
दरबन्दी संख्या ११
काम- बिध्यालयका भबन हरु , शौचालय र खानेपानी ।
गत आब. मा ३४ बिध्यालय,२० शौचालय , यो आब . मा ५६ बिध्यालय,२० शौचालय र ६ खानेपानी ।
समस्या – गाडी नभएको, आफ्नो भबन नभएको, कम्तिमा सुब्बा सरह को समेत दरबन्दी नभएको ।
नोट – कुनै कार्यलयमा लेखापाल नभएको कारण आब. को पुजिगत र चालू खर्च उपलब्ध हुन नसकेको ।

अन्य समाचारहरु