अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची माघ २८ । जिल्ला सिचाइ डिभिजन कार्यालय अर्घाखाँचीले योजनाहरुको अनुगमन तथा योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुसँगको अन्तरक्रिया छलफल कार्यक्रम तिब्र पारेको छ ।
डिभिजन कार्यालय अर्घाखाँचीमा डिभिजन प्रमुखको बिस्नु भन्डारी हाजिर भए लगत्तैबाट अनुगमन निरिक्षण तिब्र पारिएको हो । जिल्लाको शितगंगा नगरपालिकाका बिभिन्न ठाउँहरुमा सिचाइका योजनाहरु धेरै रहेका छन ।
अधिकाम्स योजनाहरु उपभोक्ता समिति मार्फत काम हुने भएको कारण पनि उपभोक्ता समितिका पदाधिकारीहरुलाई सिचाई कार्यालयले योजनाहरुको गुणस्तरीयता कार्यालयबाट दिने सेवा उपभोक्ताले पुरा गर्नु पर्ने दायित्वका बारेमा प्रशिक्षण दिने गरेको हो ।
साबिकको सिद्धारा जलुके लगायतका ठाउँमा सिचाइका योजनाहरु दुर्त गतिमा अगाडि बढेका छन । योजनाहरुमा गुणस्तरीयतामा कमि भएको देखेमा आफुहरुले पुन काम लगाउने र भुक्तानी आफुले राम्रोसँग अध्यान नगरी नदिने गुणस्तरीयतामा कुनै कम्परमाईज नगर्ने भन्दै कार्यालय प्रमुख भन्डारीले योजनाहरुको अनुगमन तिब्र पार्नु भएको हो ।
बिगतका बर्षहरुमा भन्दा यस बर्ष डेन्डर गर्ने योजनाहरुको डेन्डर प्रकिया अगाडि बढाईएको कार्यालय प्रमुख भण्डारीले बताउनु भयो । उहाले भन्नुभयो प्रदेश सभा र प्रदेश सरकारको लक्ष्य योजना अनुसार आफुहरुले योजनाका कामहरुलाई तिब्रता दिएको प्रमुख डिभिजन ईन्जिनियर बिस्नु भण्डारीलेरिले बताउनु भयो ।