सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वार्ड नं.४ वाङलामा बुधबार एक भब्य समारोहबीच जग्गा धनी दर्ता प्रमाण पूर्जा बितरण गरीएको छ ।
कार्यक्रम राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
विशेष नापी कार्यालय अर्घाखाँचीले नापजाचँ गरी तयार गरेका डिजिटल जग्गा धनी दर्ता प्रमाणपूर्जा बुधबार अायोजित भब्य समारोहबीच राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का ले जग्गा धनिलाई हस्तान्तरण गर्नु भएको थियोे ।
तत्कालिन सशस्त्र युद्धको समयमा जिल्लामा माओवादीबाट सदरमुकाम आक्रमण हुँदा लालपूर्जा जलेर नष्ट भई अर्घाखाँची जिल्ला नक्सा विहिन भएपछि बिशेष नापि कार्यलय ले अहिले लालपुर्जा तयार पारेको थियोे ।
लालपुर्जा पाएपछि सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ बासि हर्षित भएका छन ।लालपुर्जा पाएपछि अाफुहरुले अन्य ब्यापार ब्यबसाय गर्न बैकबाट ऋण लिन समेत सहजता हुने भएको ले बिशेष नापिले दुर्त गतिमा काम गरि डिजिटल लालपुर्जा अाफुहरु लाई दिदा निकै हर्सित भएको स्थानिय सिब पौडेलको भनाई छ ।
कार्यक्रममा प्रदेस सामसद चेतनारायण अाचर्यले लालपुर्जा वितरणले जनतामा खुसी छाएको बताउदै उहाले जग्गा जमिनको सहि सदुपयोग गरी आयआर्जन गरि अार्थिक क्रान्ति गर्न जग्गा धनीहरुलाई आग्रह गर्नु भयो ।कार्यक्रम मा प्रदेस सासद निर्मला क्षेत्री ले
लामो समयदेखि बसोवास गर्दै आएका मानिसहरु जग्गाधनी नयाँ पूर्जा नभएका कारण समस्यामा पर्दै आएको बताउँदै लालपुर्जा वितरण कार्यले आम नागरीकमा खुसीयाली छाएको बताउदै बिकासमा लाग्न सबैलाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति का प्रमुख पिताम्वर सर्मा उपप्रमुख ऋषिबहादुर पुलामि सन्धिखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारि बिजयराज पौडेल प्रहरि नायब उपरीक्षक प्रकास बिष्ट सशस्त्र प्रहरि नायब उपरीक्षक माधब रेग्मि लगाएतका सुरक्षा निकाएका प्रमुख कार्यलय प्रमुख हरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा राजनिती दलका नेताहरु वार्ड नम्बर ४ का अध्यक्ष कृस्न प्रसाद श्रेष्ठ पत्रकार माहासघका अध्यक्ष हिम लेकालि लगाएतले मन्तब्य राख्नु भएको थियोे ।कार्यक्रममा बिशेष नापि कार्यलयका प्रमुख खिम बहादुर राना सहितको टोलिले अर्घाखाँची मा नापनक्सा लाई निकै दुर्तगतिमा काम गरेको भन्दै स्थानिय तथा सासद जनप्रतिनिधि हरुले खुलेर प्रसम्सा गरेका थिए ।राना अर्घाखाँची मा प्रमुख बनेर अाएपछि नापिका कर्मचारी हरुले निस्वार्थ रुपमा रातदिन बिदा नभनि जन्ताको काम गरेको भन्दै कार्यक्रम का प्रमुख अतिथि सासद स्थानिय राजनिती दलका नेताहरु ले बिशेश नापिका कार्यलय प्रमुख खिम राना लगाएत रातदिन फिल्डमा खटिएका कर्मचारी लाई खुलेर प्रसम्सा गरेका थिए ।
कार्यक्रम बिशेष नापि कार्यलय का प्रमुख खिम बहादुर रानाको अध्यक्ष तामा सम्पन्न भएकोकार्यक्रम मा सनपा ४ मा दिनरात खटेर काम गर्ने नापि टोलि नम्बर १ का कर्मचारी हरुलाई कर्मचारी ले गाउमा पुराऐको योगदान को कदर गर्दै सम्मान गरिएको थियोे ।कार्यक्रममा प्रमुख अतिथि बिशिस्ट अतितिहरुलाई मायाको चिनो प्रदान गरिऐको थियोे ।