खाँचीकोटका युवाहरु सामाजिक र व्यावसायिक काममा व्यस्त

सुर्य भुसाल 
खाँचीकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटका धेरै युवाहरु सामाजिक काम र आफ्नो व्यावसायिक काममा निकै ब्यस्त देखिन्छन । साबिक खाचिकोट गाबिस हालको सन्धिखर्क नगरपालिका वार्ड नम्वर ७ खाँचीकोटका युवाहरु अहिले गाउँको बिकास निर्माण देखि रोजगारी मुलक कार्यक्रमहरु गर्ने लगायतका विभिन्न कामहरुमा सक्रिय देखिने गरेपछि गाउँका स्थानिय भद्दभलादमी खुसि तथा हर्सित भएका छन ।गाउमा नै अधिकाम्स युवाहरु रोजगारि मा ब्यस्त छन ।गाउमा चुनढुङगा खानि सन्चालन भएपछि त्याहाका युवाहरु ब्यबसाहिक रोजगारी मा ब्यस्त छन ।स्थानिय युवाहरुको सक्रियता मा खानि सन्चालन भएपछि धेरै युवाहरु गाउमा नै रोजगारि पाउन सफल भएका हुन ।
त्यसको नेतृत्व स्थानिय समाजसेवी युवा ब्यबसायी शिक्षाप्रेमी चुरा केसीले गरिरहेका छन । स्थानिय श्रोत साधनबाट खेलकुदको क्षेत्रको बिकासका लागि तथा युवाहरुलाई रोजगारी मुलक सीप मुलक कामहरु गराउने देखि लिएर समाजमा गर्नु पर्ने सहयोगमा त्याहाका युवाहरु निकै सक्रिय रहेको र आफुले समाज सेवा गर्न पाउँदा निकै खुसी लागेको समाजसेवी चुरा केसी बताउछन उनि भन्छन गाउमा अधिकाम्स युवाहरु चुनढुङगा खानिमा कुनै न कुनै तबरबाट जोडिएर काम गरेपछि गाउको मुहार फेरिएको छ ।
खाचिकोट सुविधा सम्पन्न तथा सबैभन्दा बढि आर्थिक श्रोत भएको वार्ड हो । जुन वार्डमा खाचिकोट चुनढुङगा बाट ठुलो मात्रामा रोयल्टी अाउछ  सुपा देउराली मन्दिर जस्ता मनग्य आम्दानी हुने आयश्रोतका बाटाहरु भएको वार्ड हो । जुन वार्डमा जुनसुकै ठाउँबाट आएका भक्तजन तथा पर्यटकहरु त्यहाँ आउने गर्दछन ।
खाचिकोटमा रहेका अधिकाम्स युवाहरु अहिले पनि काममा ब्यस्त छन । उनिहरु बिहान उठेदेखि बेलुका सम्म आफुहरु ब्यस्त हुने गरेको सयम चुरा केसी स्विकार गर्द छन ।
आफुलाई सामाजिक र गाउँ- ठाउँको काम गर्दा आनन्द आउने बताउने केसी पेसाले प्राबिधिक शिक्षक समेत हुन । उनले खाचिकोटमा रहेको एक माध्यमिक बिधालयमा कम्पयुटर शिक्षा अध्यापन गराउछन । 
गाउँमा अप्ठ्यारो परेका बेला गाउँका जनताले समेत केसीलाई खोज्ने गर्दछन युवाहरु काममा ब्यस्त देखिएपछि अभिभावकहरु ।केसि भन्छन अब गाउको बिकासमा एकजुट भएर युवाहरु लागिरहेका छौ गाउको मुहार फेरि रोजगारी श्रृजर्जाना गर्छौ । 

अन्य समाचारहरु