लक्ष्मण घिमिरे
पटौटी । पाणिनी गाउँपालिका-४ पटौटीमा रहेको द्यौराली माविको ४२ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका अध्यक्ष अच्युत गौतमले समृद्धिको लागी शिक्षामा लगानी गर्नुपर्ने बताएका छन । ४२ औ वार्षिकोत्सव तथा अभिभावक भेलामा अध्यक्ष गौतमले भौतिक विकास भन्दा मानविय विकास गर्नुपर्नेमा जोडल दिए ।
उनले प्राविधिक युक्त जनशक्तिको उत्पादन गर्न सकेमा रोजगारीका लागी बाहिर जानुनपर्ने भएकाले प्राविधिक शिक्षातर्फ पनि ध्यान दिनुपर्ने बताए । पाणिनी गाउँपालिकाले एक वडा एक अंग्रेजी माध्यमको शिक्षाको सुरुवात गरेको बताउँदै राम्रो र गुणस्तरीय शिक्षा हासिल गर्न शहर बजार नै जानु नपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष नारायणहरी घिमिरे, दुर्गाप्रसाद अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष तिलक गैरे, नेकपाका भोजराज घिमिरे लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रध्यानाध्यापक टोमलाल घिमिरेले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता, शिक्षक युवराज पाण्डेको स्वागत मन्तव्य र शिक्षक लक्ष्मण गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।