अर्घाखाँचीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २५ औ जनयुद्ध दिवस मनायो

अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले केन्द्रिय कार्यक्रम अनुसार बिहीवार अर्घाखाँची जिल्लामा २५ औ जनयुद्ध दिवस मनाएको छ ।
कार्यक्रम जिल्ला इन्चार्ज कमल के.सीको प्रमुख आतिथ्यतामा मन्तब्य राख्दै इन्चार्ज के.सीले देशमा परिवर्तन गर्नमा जनयुद्धको ठुलो भुमिका रहेको बताउदै जनयुद्धका उपलब्धीलाई संस्थागत गरी लैजान नसक्दा कयौ सहिद बेपत्ता परिवारको सपना साकार हुन नसेकेको भन्दै ती सपनालाई एकीकृत जनक्रान्तिले हल गर्ने बताउनुभएको थियो।
कार्यक्रम जिल्ला सेक्रेटरी खेम घर्तीको अध्यक्षता रामचन्द्र गौतमकोे सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थिति सम्पुर्णलाई मिठाई अभिर समेत लगाई दिवस मनाएको अनिल नेपालीले जानकारी दिनुभयो ।

अन्य समाचारहरु