डिआरजी सुमन
दुर्गाफाट, अर्घाखाँची डटकम्/व्युरो । “अर्घाखाँचीको सौन्दर्यता हाम्रो शान पर्यटन विकासमा हाम्रो अभियान”भन्ने मुख्य नारा लिएर स्थापित पाणिनी पर्यटन समाज अर्घाखाँचीले यस वर्षको महाशिवरात्रीको अवसर पारेर दुर्गाफाटमा भव्य सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
वहुचर्चित लोक तथा दोहोरी गायक राजु परियार,चर्चित गायक तिलक वेल्वासे, ख्याति प्राप्त हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे वा) चर्चित गायिका रेनुका भट्टराई, गायिका रुक्मिणा घिमिरे,अस्मिता जीएम, नृत्य निर्देशक हेमन्त कुमार वेल्वासे, विन्तिराज पुन्थोकि, कलाकार झविन सुनाम लगायतका कलाकरहरुको प्रस्तुति रहने भएको छ ।
विगतका दिनहरुमा विभिन्न कार्यक्रम गर्दै आएको पाणिनी पर्यटन समाजले पाणिनीमा रहेका धार्मिक तथा पर्यटनीय क्षेत्रको प्रचार प्रसारमा व्यापकता दिएको छ । पाणिनी गाँउ पालिका स्थित दुर्गाफाटमा तेस्रो पाणिनि दु्र्वाशेशोर महोत्सव २०७६ भव्य रुपमा हुने भएको छ । अर्घाखाँची जिल्ला को पाणिनी गाँउ पालिकामा क्रियाशील पाणिनी पर्यटन समाज अर्घाखाँचीको मुख्य आयोजक रहेको महोत्सव आउदो शिवरात्रि को अवसरमा दुर्गाफाटमा आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको व्यापक प्रचार प्रसारमा लागेको समाजले भव्य र सभ्य रुपमा कार्यक्रम गर्नेगरी तयारीमा जुटेको छ ।