सन्धिखर्कको भगवती माबि कुर शंखेटारीमा आधारभुत बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न (तस्बिर सहित)

शोभाखर पन्थी
कुर शंखेटारी, अर्घाखाँची / फाल्गुण ०२ (अर्घाखाँची डटकम्) ।  सन्धिखर्क नगरपालिका वडा नं.२ का अध्यक्ष मोतिजङ्ग रायमाझीले भौतिक बिकास मात्रै बिकास हो भन्ने मान्यता बाट माथि उठ्नुपर्ने बताउनु भएको छ । 
सन्धिखर्क नगरपालिका वडा नं.२ द्वारा आयोजित आधारभुत बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन गर्दै उहाँले बिकासको नाममा जमिन भत्काएर छिया छिया पार्ने गलत संस्कारको बिकास भएको भन्दै आर्थिक,शैक्षिक ,सामाजिक र सांस्कृतिक रुपान्तरणको पक्षमा जोड दिनुभयो । अध्यक्ष रायमाझीले हाजिरी जवाफ ,भलिबल लगायतका अतिरिक्त कृयाकलाप संचालन गरि बिद्यार्थीको चौतर्फी बिकासको निम्ति आफु लागि परेको बताउनुभयो । 
वडा नं.२ लाई नमुना वडाको रुपमा बिकास गर्ने तयारी भएको भन्दै उहाँले शैक्षिक गुणस्तर बृद्धिको लागि सहयोग गर्न वडा भित्रका शिक्षक लगायत सरोकार वाला सबैपक्ष लाई आग्रह गर्नुभयो । 
भगवती माध्यमिक बिद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुसालको अध्यक्षता र शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा भगवती माध्यमिक बिद्यालय शंखेटारी बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दराज आचार्य ,पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जि.सी. लेकाली,वडा सदस्य शुष्मा श्रेष्ठ ,सुमित्रा मुखिया ,आशा परियार ,मिना सावत,नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष धुर्व के.सी.लगायतका बक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।

अन्य समाचारहरु