मालारानी गाउँपालिकामा रिटर्नी माईग्रेन्ट नेपाल अर्घाखाँचीको उद्धमशिलता तथा वित्तीय सक्षरता तालिम हुने

हरि कुँवर
मालारानी, अर्घाखाँची । रिटर्नी माईग्रेन्ट नेपाल अर्घाखाँचीद्वारा मालारानी गाउँपालिकामा “उद्धमशिलता तथा वित्तीय सक्षरता तालिम” हुने भएको छ ।
वैदेशिक रोजगारी बाट फर्किएका युवाहरु को लागी रिटर्नी माईग्रेन्ट नेपाल अर्घाखाँची , रास्ट्रीय युवा परिषदको सहकार्यमा मालारानी गाउँपालिका को सहयोगमा देशमा बिध्यमान बेरोजगारि लाई न्यून गर्ने उद्देश्यले मालारानी गाउँपालिका भित्रका युवाहरुलाई स्वरोजगार हुन सहयोग पुर्याउने भएको छ ।
आत्मनिर्भर बनाउने उद्देश्यले सात दिने “उद्धमशिलता तथा वित्तिय सक्षरता तालिम” सन्चालन गरिने भएको हो । वैदेशिक रोजगार बाट फर्किएका ईच्छुकहरुले यहि  फागुन पाँच गते भित्र अ-आफ्नो वडा कार्यलयमा गै नाम दर्ता गर्नु पर्ने रिटर्नी माइग्रेन्ट नेपाल ,अर्घाखाँचीका अध्यक्ष बसन्त केसी ले बताउनु भयो । 
तालिमा सहभागी ईच्छुकहरु १६ वर्ष भई ४० बर्ष ननाघेको र कम्तिमापनी ८ कक्षा उत्तीर्ण भएको हुनु पर्ने बताइएको छ । रिटर्नीहरुको हकमा उमेर हद नलाग्ने केसी ले जानकारी दिनु भयो ।

अन्य समाचारहरु