डिआरजी सुमन
दुर्गाफाँट, पाणिनी । पाणिनी पर्यटन समाज अर्घाखाँचीको आयोजनामा “तेस्रो पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सव २०७६” पाणिनी गाँउ पालिका वडा नं ३ दुर्गाफाँटमा हुने भएको छ ।
यस कार्यक्रममा राष्ट्रीय ख्याति प्राप्त कलाकारहरुको उपस्थितीमा हुनेभएको छ ।
आज वसेको वैठकले विभिन्न विभागीय ज़िम्मेदारी दिएको छ । सांस्कृतिक गतिविधि तथा कलाकार व्यावस्थापनको लागी संयोजक तिलक वेल्वासे,प्रचारप्रसार संयोजक डिआरजी सुमन,स्वागत गेट निर्माण ज़िम्मेवारी खुम शुर्यवंशी र व्यवस्थापन संयोजक राम प्रसाद भट्टराई लाई ज़िम्मेदारी दिएको छ ।