ठाडा- अमराइ सानदहमा जारी शितगंगा महाेत्सवमा पुष्कलले नचाए, भोली बद्रि पगेंनी आउने (तस्बिर सहित)
फाल्गुन ५ गते, २०७६ मा प्रकाशित
अर्जुन बेल्बासे
ठाडा, अर्घाखाँची अर्घाखाँचीडट्कम। फागुन १ गते देखि शितगंगाको अमराइ सानदहमा सुरु भएको प्रथम शितगागां कृषि पर्यटन तथा औधोगिक व्यापार महोत्सवमा दर्शकको उल्लेख्य रुपमा सहभागिता रहेको छ ।
फागुन एक गते विभिन्न कार्यक्रम गरी उद्घाटन गरिएको महोत्सवमा पाचाँै दिन सम्म आइपुग्दा सम्म दर्शकको उल्लेख्य रुपमा सहभागित रहेको र राम्रै कोरोबार भएको महोत्सव मुल आयोजक समतिले जनाएको छ ।
महोत्सवको पाचौँ दिन आज मात्रै २हजार ५ सय दर्शले महोत्सवको अवलोकन गरेको र ६ लाख ५० हजार बरावरको आर्थिक कारोवार भएको मिडिया संयोजक सचिन बोहोराले जानकारी दिए ।
महोत्सवको पाचौँ दिन आज राष्ट्रियलोक तथा चर्चित लोकप्रिय गायक पुस्कल शर्माको पस्तुतिले मञ्च तताएको थियो ।महोत्सवमा चर्चित गायिका बर्षा लम्साल ,गायिका सविना खनाल हास्यकलाकार भुवनेश्वर अधिकारी लगायत स्थानिय कलाकार ,छमछमिकला केन्द्रको प्रस्तुति सगँसगैँ दर्हहरुले मनोरञ्जन लिएका थिए।
त्यस्तै भोलीको आकर्षकको रुपमा राष्ट्रियलोक तथा चर्चित लोकप्रिय गायक बद्री पङ्गेनी , मधु सुधन बन्जाडे, सुन्दर आचार्य लगायत स्थानिय कलाकार,छमछमिकला केन्द्रको प्रस्तुतिको साथमा प्रथम सितगगां डान्स आइडल को प्रस्तुतिरहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको मुख्य आकर्षकको रुपमा लिएको प्रथम सितगगां डान्स आइडलमा प्रतिशप्रधाको मैदानमा डान्स आइडलको चौथो आज ११ जना प्रतिशप्रधाको मैदानमा उत्रिएका थिए जसमा ज्ञान विश्वकार्मा वाहिरीए सगैँ भोली १० जनाले प्रतिशप्रधा गर्ने मिडिया संयोजक सचिन बोहोराले जानकारी दिए ।
सितगगां उध्योग वाण्ज्यि संघको आयोजना तथा सितगगां नगरपालीकाकको सहआयोजनामा मा सञ्चालित महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा स्थानीय दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं बिक्री, रमाईलो मेला, स्थानिय उत्पादनमा कृषि उपज तथा , डोका नाम्ला देखि बाँसमा मान्द्रा, बुढा लगायत बिभिन्न उत्पादनको सामाग्रीहरुको प्रदशन तथा बिक्री बितरण राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् ।
महोत्सवले ऐतिहासिक धार्मिक संस्कृतिक ग्रामीण पर्यटकीय क्षेत्र तथा पुरातात्विक स्थलहरुको प्रचार प्रसारमा टेवा पुराउने आयोजकले जानकारी गराएको छ । उक्त मेलामा १०५बढि बिभिन्न खालका स्टलहरु रहेको आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर २ करोड बरावरको आर्थिक कारोवार र ६० हजार भन्दा धेरै दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्ष रहेको छ । महोत्सव फागुन १ गते देखि फागुन १२ गते सम्म लाग्ने आयोजकले जानकारी दिएको छ ।