अर्जुन बेल्बासे
ठाडा, अर्घाखाँची अर्घाखाँचीडट्कम। ठाडा कृषि पर्यटन उधोग ब्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मुलआधार भन्ने मुल नाराका साथ फागुन एक गते देखि जारी प्रथम सितगगां महोत्सबको आज छैठाँै दिन ३ हजार दर्शले महोत्सवको अवलोकन गरेको र ६ लाख बरावरको आर्थिक कारोवार भएको आयोजकले जानकारी दएको छ ।
महोत्सवको छैठाँै दिन आज आकर्षकका रुपमा राष्ट्रियस्तरका कलाकारहरु चर्चित लोकगायक बद्रि पंगेनी रुपमा गायक मधु सुधन बन्जाडे, सुन्दर आचार्य लगायतसाथमा स्थानिय कलाकार छमछमिकला केन्द्रकोे प्रस्तुतिले महोत्सवमा दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । निरन्तर राष्ट्रिय कलाकारको आकर्षण बन्दै गएको महोत्सवमा आज मगंलवार दर्शकहरुको उपस्थितिले वास्तवमैं महोत्सवनै बन्यो। दर्शकको साथले हौसिएका कलाकारहरुले पनि उनीहरुलाई मनोरन्जन दिन कुनै कसर बाँकी राखेनन्।
त्यस्तै भोली आर्कषकको रुपमा चर्चित गायक अर्जुन सापकोटा ,गायक दिपक गरौजा , हास्यकलाकार मधुसुदन बन्जाडे पुर्खे बा लगायत स्थानिय कलाकार,छमछमिकला केन्द्रको प्रस्तुतिको साथमा प्रथम सितगगां डान्स आइडल को प्रस्तुतिरहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको मुख्य आकर्षकको रुपमा लिएको प्रथम सितगगां डान्स आइडलमा प्रतिशप्रधाको मैदानमा डान्स आइडलको पाचौँ दिन आज १० जना प्रतिशप्रधाको मैदानमा उत्रिएका मध्ये आज प्रतिशप्रधि आशिष थापा बाहिरीए सगैँ भोली ९ जनाले प्रतिशप्रध ागर्ने मिडिया संयोजक सचिन बोहोरो जानकारी दिए ।
सितगगां उध्योग वाण्ज्यि संघको आयोजना तथा सितगगां नगरपालीकाकको सहआयोजनामा मा सञ्चालित महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा स्थानीय दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं बिक्री, रमाईलो मेला, स्थानिय उत्पादनमा कृषि उपज तथा , डोका नाम्ला देखि बाँसमा मान्द्रा, बुढा लगायत बिभिन्न उत्पादनको सामाग्रीहरुको प्रदशन तथा बिक्री बितरण राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् ।
महोत्सवले ऐतिहासिक धार्मिक संस्कृतिक ग्रामीण पर्यटकीय क्षेत्र तथा पुरातात्विक स्थलहरुको प्रचार प्रसारमा टेवा पुराउने आयोजकले जानकारी गराएको छ । उक्त मेलामा १०५बढि बिभिन्न खालका स्टलहरु रहेको आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर २ करोड बरावरको आर्थिक कारोवार र ६० हजार भन्दा धेरै दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्ष रहेको छ । महोत्सव फागुन १ गते देखि फागुन १२ गते सम्म लाग्ने आयोजकले जानकारी दिएको छ ।