सन्धिखर्कबाट ४१ हजार रुपैया सहित ६ जना जुवाडे पक्राउ

Image result for सन्धिखर्क arghakhanchi
प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । तास खेलिरहेको अबस्थामा अर्घाखाँचीको सन्धिखर्कबाट ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
 सन्धीखर्क नगरपालिका वार्ड नं. १ को न्यु सन्देश एण्ड नबिन होटलमा तास (जुवा) खेली रहेको भनि प्राप्त गोप्य सुचनाको आधारमा होटरलमा छापा मार्दा छतको कोठामा तास खेलिरहेको अबस्थामा पक्राउ गरेको हो । 
चार गड्डी तास र नगद ४१ हजार तीन सय १५ रुपैया सहित ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रकाश खत्रीले बताउनु भयो ।
पक्राउ गरिएका ६ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत जुवा कसुर शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भई रहेको सुचना अधिकारी खत्रीले जानकारी दिनु भयो । 

अन्य समाचारहरु