रुद्रमणि भुसाल
अर्घातोष । दुबै मृगौलामा संक्रमण देखिएपछि आर्थिक अभावमा उपचार नपाएका अर्घाखाँचि जिल्ला छत्रदेव गाउँपालिका वार्ड नं. ८ अर्घातोष (सिठेनी) निवासि टुल्क बहादुर विक की श्रीमती २२ बर्षिय सुनिता वि.कको उपचारका लागि तारा प्रसाद फुल्लेल, श्रवण कुमार क्षेत्री र रिता बुढाथोकीको संयुक्त पहलमा संकलन गरिएको पचास हजार) जम्मा गरेर हस्तान्तरण गरिएको छ ।
मानव सेवामा न धर्म,न रंग,न जात,न हुन्छ राजनिती हुन्छ त केवल मानवता झझ महिनौं देखि असक्त अवस्थामा छट्पटाईरहनु भएको छ, बिक परिवार वहाँका २ वटा सन्तान छन गौतम वि.क. वर्ष ६ अनि गौरव वि.क. वर्ष ३, साथमा सुनिताको वर्ष ७० की सासु आमा पनि हुनुहुन्छ,अशिक्षित परिवार,वहाँका श्रिमान समेत कम आँखा देख्ने घरमै डोका,मान्द्रा बुनेर गर्जो टार्नुहुन्न्छ,निकै विपन्न परिवार,समयमै रोग पत्ता लागेपनि रकम अभावको कारण उपचार अगाडि बढाउन सक्नु भएको छैन । त्यसैले कसैले सहयोग गर्न इच्छुक भएमा सम्पर्क गर्न आग्रह गरेको सामासिक अधियान्ता तारा प्रसाद फुल्लेले जानकारी दिनुभयो ।
त्यस्तै करिव २३ महिना अगाडि घाँस काट्दा खन्युको रूखबाट लडेर मेरूदण्डको हड्डि भाँचिएर प्यारालाईसिस भएका मालारानी वार्ड नं १ सान्दे (डाँडि पोखरी) का विनोद आचार्य भएभरको सम्पत्ति बेचेर काठमाण्डौको ट्रमा सेण्टर र बनेपा स्थित स्पाईनल ईन्ज्युरी पुनर्स्थापना केन्द्र,भैंसेपाटी साँगा अस्पतालमा करिव १ वर्ष उपचार पछि खासै उल्लेखनीय सुधार नआएकोले डा.को सल्लाह अनुसार घरमै लगेर सेवा गर्न सुझाए वमोजिम अहिले घरको वेडमा जिवन मरणको दोसाँधमा छट्पटाई रहनु भएको छ,वहाँका वयोवृद्ध वुवा,आमा,३० वर्षीय श्रीमती गिता आचार्य,छोरीहरू अभिषा आचार्य वर्ष ११ र अनिसा आचार्य डेढ वर्ष साथमा हुनुहुन्छ,एउटा विपन्न किसान परिवारलाई पनि सहयोग गरिएको छ । समाजसेवी तथा काँग्रेसका क्षेत्रिय सभापति तारा प्रसाद फुल्लेल छत्रदेव(८,श्रवण कुमार क्षेत्री मालारानी(१ र रिता बुढाथोकी मालारानी(१,को संयुक्त पहलमा सहयोग जुटाएको राशी १५०,०००र( र राज कुमार श्रेष्ठ छत्रदेव वार्ड (८ अध्यक्ष बाट रू.२०००र( समेत गरी रू.१,५२,०००र( (अक्षेरेपी एक लाख बाऊन्न हजार) जम्मा गरेर हस्तान्तरण गरिएको छ ।
रकम ग्रहण गर्दै उहाँको श्रीमती र परिवारले विरामी प्रति गरेको सेवा देख्दा साँच्चिकै प्रसंसनिय लाग्यो,यस्तो श्रिमती पाउने पुरूष साँच्चिकै भाग्यमानि हुन्छ बाँकी त सबै कर्म र भाग्यको खेल हो, सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित हुनु भएका यस वडाका वार्ड अध्यक्ष,मुमलाल फुल्लेल,रमेश फुल्लेल,तारा प्रसाद श्रेष्ठ,चन्द्रमान श्रेष्ठ,विस्नु प्रसाद श्रेष्ठ,भेषराज फुल्लेल,सुभाष कुँवर,शिंक्षक उम बहादुर पाण्डे लगायत जन प्रतिनिधिहरू,वार्ड कर्मचारीहरू र समाजसेवी व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।