भुमिकास्थान नगरपालिकाका नगर उपप्रमुख खडानन्द वेल्वासेलाई मातृ शाेक

अशोक पौडेल 
नुवाकोट, अर्घाखाँची अर्घाखाँचीडट्कम। भुमिकास्थान नगरपालिकाका नगर उपप्रमुख खडानन्द वेल्वासेलाई मातृ शाेक परेको छ ।
 लमही उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बिष्णु वेल्वासेकी माता तथा नेपाली कांग्रेस जिल्ला सदस्य संगिता वेल्वासेकी सासु आमा समेत रहनु भएकि ७७ बर्षिय निमकला वेल्वासेकाे उपचारको क्रममा अाज वेलुका निधन भएको हाे । 
उहाँको पार्थिव शरिरमा नेपाली कांग्रेसका जिल्ला सदस्य नेत्रप्रसाद भट्टराई , कृष्णप्रसाद खनाल लगायतले नेपाली कांग्रेसको झन्डा अाेढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । 
पार्थिव शरिरमा भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा, कांग्रेस जिल्ला सदस्य सीता भुसाल, चन्द्रा गैरे, भुमिकास्थान नगरपालिकाका वडा अध्यक्ष तथा सुभेच्छुक हरुले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियाे । 

अन्य समाचारहरु