खिदिमको दुर्गाफाँटमा रहेको दुर्वासेश्वर गुफा क्षेत्रमा व्यापक सरसफाई गरिने

डिआरजी सुमन
दुर्गाफाँट ।  पाणिनी मात्र हैन पछिल्लो समयमा देशभर नै समाज सुधारमा युवाहरुको सक्रियता वढी रहेको पाईन्छ । यसलाई निरन्तर दिदै  पाणिनी पर्यटन समाज अर्घाखाँचीले महाशिवरात्रि को अवसर पारेर ऐतिहासिक पर्यटकीय स्थान दु्र्वाशेश्वर गुफ़ा क्षेत्रमा फागुन ८ गते विहिवार सरसफाई गर्ने भएको छ । पाणिनी पर्यटन समाजका उपादक्ष्य धुर्व घिमिरेका अनुसार २०७६ फागुन ०८ गते विहिवार अर्थात् शिवरात्रि को अघिल्लो दिन यों क्षेत्र समाजका सवै सदस्य र दुर्गाफाटवाँसीको उपस्थितीमा व्यापक सरसफाई गरिने भएको छ । 
पाणिनि गाँउपालिकामा क्रियाशीलता देखाएको पाणिनि पर्यटन समाजले सामाजिक जनचेतनामुलक तथा सेवामुलक कार्य लाई व्यापकताका साथ जोड़ दिएको छ । पाणिनि गाँउ पालिकाको पर्यटन विकासको लागी टेवा पुराउने उद्देश्यले समय-समयमा मेला महोत्सव गर्दै आएको समाजले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पाणिनि क्षेत्रमा सरसफाई र चेतनामुलक कार्य जस्ता कामलाई विशेष जोड् दिदै आएको छ ।
 पाणिनि गाँउ पालिकामा रहेको पाणिनी तपोभूमि, दुर्वाशेश्वर गुफा लगायतको स्थानमा सरसफाई कार्यमा पनि विषेश जोड़ दिनेगरी योजना वनाईएको समाजका सदस्य रोमाकान्त भट्टराईले अर्घाखाँची डटकम् लाई जानकारी गराउनु भएको छ  । 
हामी पाणिनिमा आउने आन्तरिक तथा वाह्य पर्यटनलाई सफ़ा पाणिनि स्वच्छ पाणिनि भन्ने संदेश दिनको लागी यस पालिका भित्र रहेका सवै धार्मिक तथा पर्यटकीय क्षेत्र सरसफाई अभियान सुरु गरेका छौ । पाणिनी पर्यटन समाज का अध्यक्ष झविन सुनामले पत्रकारलाई जानकारी गराए अनुसार यस सरसफाई कार्यको सुरुवात दुर्गाफाटवाट हुदैछ यस अभियानमा आफ्नो उपस्थित जनाउनु हुन पाणिनिवाँसी इच्छुक सवैलाई आग्रह गरिएको छ ।

अन्य समाचारहरु