अर्घाखाँचीमा ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइयो (भिडियो र फोटो फिचर)

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी तथा प्रवचन लगायत विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

प्रजातन्त्र दिवस मुल समारोह समिति अर्घाखाँचीले भलिबल ,सरसफाइ ,प्रभातफेरि,प्रवचन, दिपावली लगायतका कार्यक्रमको आयोजना गरि जिल्लाभर भव्य रुपमा गणतन्त्र दिवस मनाइएको हो ।

मंगलबार जिल्ला स्थित कार्यालयका प्रमुख , राजनितीक दल, पत्रकारहरुका बीच मैत्रीपूर्ण भलिबल प्रतिय‍ोगिता तथा सन्धिखर्क बजारमा सरसफाइ कार्यक्रम  सम्पन्न भएको छ । बुधबार बिहान सन्धिखर्क र चुत्राबेसी बजारमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरी कार्यक्रममा ठुलो संख्यामा स्थानीय बासिन्दाको सहभागीता रहेको थियो । प्रभातफेरी पछि शान्ति बगैंचामा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । प्रवचन कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकासको निम्ति सबैपक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । उनिहरुले मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भए पनि सामाजिक , आर्थिक र सांस्कृतिक रुपान्तरण हुन बाँकी रहेको भन्दै पुरानो चिन्तन,प्रवृत्ति र संस्कार बाट माथि उठ्नु पर्नेमा जोड दिए । कार्यक्रम मन्तव्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले मुलुकमा गणतन्त्र आए पनि जनताले गणतन्त्रको अनुभुती गर्न नपाएको बताउनुभयो ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले गणतन्त्रको संस्थागत बिकासको निम्ति सबै पक्ष एकजुट भएर अगि बढ्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बिजयलाल पौडेलले जनताको भावना अनुसार सबैपक्ष रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सदस्य छमकुमारी खनाल चिनारी ,नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान ,समाजवादी पार्टीका केन्द्रीय सदस्य राजु नेपाली , बिवेकशिल साझा पार्टीका जिल्ला अध्यक्ष हरि प्रसाद भुसाल , परिवारदलका जिल्ला अध्यक्ष डिल्लीराज भुसाल , अर्घाखाँची शिक्षा क्याम्पसका क्याम्पस प्रमुख श्रीकृष्ण भुसाल ,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जि.सी.लेकाली,जिल्ला समन्वय समितिका निमित्त प्रमुख संकर प्रसाद भुसाल , नायब सुब्बा मुक्तिराम खनाल लगायतका बक्ताहरुले मन्तव्य राख्दै लोकतान्त्रिक मुल्य मान्यता अनुसारको व्यबहार र आचरण गर्न दलहरूलाई आग्रह गर्नुभयो । यसैबीच सांझ सदरमुकामको घर घरमा दिप प्रज्ज्वलन समेत गरिएको छ ।

अन्य समाचारहरु