सचिन बोहोरा
ठाडा, अर्घाखाँची / फाल्गुन :०७ । शितगंगा उध्योग वाणिज्य संघ अर्घाखाँचीको आयोजनामा जारी प्रथम प्रथम शितगागां कृषि पर्यटन तथा औधोगिक व्यापार महोत्सवको आज दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । महोत्सवको सातौँ दिनका आर्कषकको रुपमा रहेका पुर्शोत्तम भण्डारी ‘पुर्खे बा’ ले दर्शकलाई पेट मिचिमिची हास्न बाध्य पारेका थिए । उनले देखाएको प्रस्तुतिले दर्शहरु हास्दा हास्दै थकित नै भएका थिए ।

चर्चित लोक दोहोरी गायक अर्जुन सापकोटाले दर्शकलाई बनकि चरी भन्दै लोकभाकामा सबैलाइ नचाएका थिए।त्यस्तै महोत्सवमा स्टेज चर्चित गायक दिपक गरौजा प्रवेश गरे सगैँ दर्शहरु चिच्चाउदै भरपुर मनारञ्जन लिएका थिए । महोत्सवमा उनले नाच्दै दर्शकलाई नचाएका थिए । महोत्सवको सातौँ दिन आज लोकदोहोरी गायक अर्जुन सापकोटा ,गायक दिपक गरौजा ,हास्य कलाकार पुर्खे बा ,स्थानिय कलाकारको साथमा चन्द्रौटा डान्स आइडल अमृता के सीको प्रस्तुती रहेको थियो त्यस्तै महोत्सवको आठौँ दिन भोली महोत्सवको आकर्षको रुपमा राष्ट्रियलोक तथा चर्चित लोक दोहोरी गायक खुमन अधिकारी ,गायक बसन्त लम्साल,गायक विमल गैरे लगायत स्थानिय कलाकार ,छमछमिकला केन्द्रको प्रस्तुति साथमा प्रथम सितगां डान्स आइडलका प्रतिसप्रधिहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सवको सातौँ दिन आज ६ लाख बढिकोे आर्थिक कारोवार ,र २ हजार ८ सय दर्शले महोत्सवको अवलोकन गरेको मिडिया संयोजक सचिन बोहोराले जानकारी दिए ।
महोत्सवको मुख्य आकर्षकको रुपमा लिएको प्रथम सितगगां डान्स आइडलको आज छैठाँै दिन प्रतिशप्रधाको मैदान बाट आज प्रतिशप्रधि कृती थापा बाहिरीए सगैँभोली डान्स आइडलमा ८जनाले प्रतिशप्रधा गर्ने मिडिया संयोजक सचिन बोहोराले जानकारी दिए ।डान्स आइडलमा प्रथम पुरस्कार रु ४०हजार दोस्रो पुरस्कार रु २० हजार र सन्त्वना पुरस्कार रु १० हजार रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ ।
महोत्सवको स्टलमा राखिएका स्थानीय बस्तु तथा सामग्रीहरु, कृषि प्रदर्शनी, बाल उद्यान, खेल, रमाईलो मेला
स्थानिय उत्पादनमा कृषि उपज तथा , डोका नाम्ला देखि बाँसमा मान्द्रा, बुढा लगायत बिभिन्न उत्पादनको सामाग्रीहरुको प्रदशन तथा बिक्री बितरण ,निशुल्क स्वास्थ चेक जाचँ ,राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुतिले पनि महोत्सवमा दर्शकहरुलाई आकर्षित गरेको छ ।