खिदिमको दुर्गाफाँटमा रहेको दुर्वासेश्वर गुफादेखि शुरु भयो “क्लिन पाणिनी-सफ़ा पाणिनी”को अभियान (भिडियो, तस्बिर सहित)

डिआरजी सुमन
दुर्गाफाट, अर्घाखाँची । पाणिनी पर्यटन समाज अर्घाखाँचीले औपचारिक रुपमा “क्लिन पाणिनी” अभियानको सुरुवात पाणिनी गाँउ पालिका वडा नं ३ दुर्गाफाटमा रहेको दुर्वाशेश्वर गुफावाट गरेको छ । पाणिनी पर्यटन समाजका पदाधिकारी,स्थानीय जनता,विद्यार्थि,सुरक्षाकर्मी,पत्रकार,कलाकार,स्वास्थ्यकर्मी,शिक्षकहरुले यों सऱसफाई अभियानमा भाग लिएका थिए ।
महाशिवरात्री पर्वको पुर्वसन्ध्यामा दु्र्वाशेश्वर परिसरमा व्यापक सरसफाई भएको छ । महाशिवरात्रीको अवसरमा पाणिनी पर्यटन समाज अर्घाखाँचीले तेस्रो पाणिनी पर्यटन महोत्सव २०७६ को आयोजना पनि गरेको छ । यस महोत्सवमा राष्ट्रीय ख्याति प्राप्त कलाकारको उपस्थिती रहने आयोजक संस्थाले जनाएको छ ।
क्लिन पाणिनीको औपचारिक उद्घाटन गर्दै पाणिनी गाँउ पलिका अध्यक्ष अच्युत गौतमले पाणिनी पर्यटन समाजका यस प्रकारको कार्यक्रममा पाणिनी गाँउ पालिकाले विषेश सहयोगी भएर साथ दिने वताउनु भएको छ । गाँउ पालिका प्रमुखको अध्यक्षतामा यस अभियानको औपचारिक रुपमा उद्घाटन भएको छ ।
तस्वीर – डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु