सन्धिखर्कका किसानलाई हाते ट्याक्टर बितरण (तस्बिर सहित)

हिम लेकाली
डिर्भना, अर्घाखाँची फाल्गुन ८ ,२०७६ । सन्धिखर्क नगरपालिका कृषि शाखाद्वारा सन्धिखर्कका किसान अगुवाहरूलाई हाते ट्याक्टर बितरण गरिएकाे छ ।
विभिन्न समूह तथा फर्ममा आबद्ध सन्धिखर्कका १२ डिर्भनामा  अगुवा कृषकलाई एक कार्यक्रम बिच सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले हाते ट्याक्टर बितरण गर्नु भएकाे हाे । ट्याक्टर बितरण गर्दै उहाँले नगरपालिकाले कृषि क्षेत्रकाे विकासका लागि किसानलाई आवश्यक पर्ने सम्पुर्ण सामाग्री बाड्दै आएकाे बताउनु भयाे । 
नगर प्रमुखले किसानलाई ब्यवसायिक खेतिकाे निम्ति प्रदान गरियका ट्याक्टर लगायतका सामाग्रीहरूकाे दुरुपयोग नगरि ठिक संग प्रयाेग गर्न अनुराेध गर्नु भयाे ।उहाँले कृषिमा अात्म निर्भर बनाई नगरपालिकालाई समृद्ध बनाउनु पर्नेमा जाेड दिनु भयाे ।
सन्धिखर्क नगरपालिकामा एक वार्ड एक टेक्टर बितरण गर्ने कार्यक्रम अनुसार १२ वटै वडामा रहेका किसानहरू लाई एक एक टेक्टर बितरण गरिएकाे कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताउनु भयाे । उहाँले सन्धिखर्क नगरपालिकाकाे साना मेशिनरी अाैजार तथा अन्य सामाग्री वितरण वार्षिक कार्यक्रम अन्तरगत ५०% अनुदानमा ट्याक्टर वितरण गरियकाे बताउनु भयाे । 
बितरण गरियकाे टेक्टरकाे मूल्य रू.अन्ठाउन्न हजार पाचसय रहेकाे बताईएकाे छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार बि .क (किशाेर ) ,शिक्षा शाखा प्रमुख युगल नारायण बस्याल ,शाखा अधिकृत मन्जु खनाल ,पत्रकार लगायत नगरपालिकाका कर्मचारीहरूकाे सहभागिता रहेकाे थियाे ।

अन्य समाचारहरु