ठाडामा जारी शितगंगा महाेत्सवको आठौँ दिन गायक खुमन अधिकारीले दर्शकलाई भरपुर मनोरञ्जन दिए, ७ लाख बढिकोे आर्थिक कारोवार (तस्बिर सहित)

अर्जुन बेल्बासे
ठाडा, अर्घाखाँची ।  शितगंगा उध्योग वाणिज्य संघ अर्घाखाँचीको आयोजनामा जारी प्रथम प्रथम शितगागां कृषि पर्यटन तथा औधोगिक व्यापार महोत्सवको आज दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । महोत्सवको आठौँ दिन आज ७ लाख बढिकोे आर्थिक कारोवार ,र ३ हजार २ सय बढि दर्शले महोत्सवको अवलोकन गरेको मिडिया संयोजक सचिन बोहोराले जानकारी दिए ।
महोत्सवमा आर्कषकको रुपमा रहेका राष्ट्रियलोक तथा चर्चित लोक दोहोरी गायक खुमन अधिकारीले दर्जन बढि गितका टुक्का जोड्दै दर्शकलाइ भरपुर मनोरञ्जन दिएका थिए । त्यस्तै महोत्सवमा चर्चित लोक तथा दोहोरी गायक बसन्त लम्सालले हाम्रो प्यारो अर्घाखाचीँ भन्दै देउराली भाक्दै सबैलाइ नचाएका थिए ।साथमा गायक विमल गैरे लगायत स्थानिय कलाकार ,छमछमिकला केन्द्रको प्रस्तुति ले महोत्सवमा दर्शकहरुको ध्यान केन्द्रित गरेको थियो ।
त्यस्तै महोत्सवको नवौँ दिन भोली महोत्सवको आकर्षको रुपमा चर्चित गायक गणेश अधिकारी ,गायिका मैना रेस्मि,हास्यकलाकार उज्वल गिरी लगायत स्थानिय कलाकार सितगगां डान्स आइडल लगायतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको मुख्य आकर्षकको रुपमा लिएको प्रथम सितगगां डान्स आइडल बाटआइडलमा आज सहभागि ८ जना मध्ये आज निरुता विक प्रतिशप्रधाको मैदान बाट बाहिरीए सगैँभोली डान्स आइडलमा ७जनाले प्रतिशप्रधा गर्ने मिडिया संयोजक सचिन बोहोराले जानकारी दिए ।डान्स आइडलमा प्रथम पुरस्कार रु ४०हजार दोस्रो पुरस्कार रु २० हजार र सन्त्वना पुरस्कार रु १० हजार रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ ।
१०५बढि बिभिन्न खालका स्टलहरु रहेको मेलामा स्थानीय बस्तु तथा सामग्रीहरु, कृषि प्रदर्शनी, बाल उद्यान, खेल, रमाईलो मेला स्थानिय उत्पादनमा कृषि उपज तथा , डोका नाम्ला देखि बाँसमा मान्द्रा, बुढा लगायत बिभिन्न उत्पादनको सामाग्रीहरुको प्रदशन तथा बिक्री बितरण ,निशुल्क स्वास्थ चेक जाचँ ,राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुतिले पनि महोत्सवमा दर्शकहरुलाई आकर्षित गरेको छ ।
सितगगां उध्योग वाण्ज्यि संघको आयोजना तथा सितगगां नगरपालीकाकको सहआयोजनामा मा जारी महोत्सव अवधिभर २ करोड बराबरबो आर्थिक कारोवार र ६० हजार बढि दर्शकलाइ महोत्सवको अवलोकन गराउनेआयोजकको लक्ष्यरहेको छ ।

अन्य समाचारहरु