श्याम घिमिरे
सितापुर, अर्घाखाँची फागुन ८ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान उत्साहजनक रुपमा अगाडि बढीरहेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको सिंगो शक्तिनै परिचालन हुनेगरि जिल्ला र पालिका स्तरमा सात वटा टोलीको निर्माणगरी फागुन १ गतेदेखी एकै साथ सुरु भएको संगठनात्मक अभियानमा स्थानिय जनताहरुले भव्यरुपमा स्वागत गर्ने गरेको र सदस्यता लिने क्रम पनि बढ्दै गएको राजमोले जनाएको छ ।
अभियानकै दौरानमा बिहिबार शितगंगा नगरपालीका वडानम्वर २ सितापुरको सिख्रमा मेलिना क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय बाल संगठनको निर्माण गरेको छ । जसको सचिबमा कौशिल्या खड्का,कोषाध्यक्षमा सर्मिला क्षेत्री र सदस्यहरुमा करीमा क्षेत्री,बसन्त खड्का,प्रकृति खड्का,आकृति खड्का,करण केसी,मनोज क्षेत्री,किस्मत क्षेत्री र श्रृष्ठी क्षेत्री लगायत रहेका छन ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा संगठनात्मक अभियान परिचालन समिति अर्घाखाँचीका जिल्ला संयोजक शेर बहादुर बिसी,शितगंगा नगरपालीका संयोजक यमलाल पोख्रेल र मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय उपाध्यक्ष कपिल खनाल लगायतका नेताहरुले संगठनात्मक अभियान र पार्टीमा बालसंगठनको आबश्यकता बारे प्रकाश पार्नुभएको समाचारमा जनाईएको छ ।