प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेश्नल प्यावसन अर्घाखाँचीको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगीता र चित्रकला प्रतियोगीता सन्धिखर्क ग्रीन इंगलिस बोडिंग स्कुलमा सम्पन्न भएको छ ।
११ विद्यालयको सहभागीता हरेको हाजिरी जवाफ प्रतियोगीतामा सन्धिखर्क ग्रीन ईंगलिस चुत्राबेसी प्रथम, ब्राईट फ्युचर बोडिंग स्कुल द्धितीय र अडगुरी सोल डेभ्लोपिंग बोडिंग स्कुल तृतीय भएका छन ।
कार्यक्रममा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल, सन्धिखर्क ग्रीन इंगलिस बोर्डिंगका सहायक प्रधनाध्यापक नारायण प्रसाद भुसाल लगायतले मन्तब्य राख्दै सरकारले सस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोणनै फरक रहेको बताउनु भएको थियो ।
कार्यक्रम नेश्नल प्यावसनका जिल्ला अध्यक्ष टेकबहादुर थापाको अध्यक्षता, कोषाध्यक्ष थम्मन केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।