प्रेम नारायण आचार्य
डिहिडाँडा, अर्घाखाँची । महिनावारी भएको समयमा छात्राहरुले कक्षा छाड्न नपरोस भन्ने उदेश्यका साथ सन्धिखर्क नगरपालिकाले विद्यालयहरुमा स्यानेटरी प्याड वितरण शुरु गरेको छ ।
नगरपालिका भित्रका कक्षा ६ देखि मार्थीका छात्राहरुलाई महिनावारी भएको समयमा घरमा बस्न नपरोस विद्यालयमै आएर सहज तरिकाबाट अध्यन गर्न सकुन भन्ने उदेश्यले विद्यालयमा प्याड वितरण शुरु गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो ।
आज युवा बर्ष रवि चित्र जनता मावि हटारी नेटा र खाँचीकोटको डिहिडाँडा स्ठित चन्द्र प्रभा माध्यमिक विद्यालय र सन्धिखर्क नगरपालीका वडा नंं ९ को अर्घा रजस्थल माविमा स्यानेटरी प्याड वितरण गर्दै सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार बिकले छात्राहरुको रजस्वला हुँदा विद्यालय नआउने परम्पराको अन्त्य भएर जाने बताउनु भयो ।
स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली , धर्म पन्थी , अर्घा रजस्थल माविमा प्राचार्य राजेन्द्र चुँदाली , सन्धिखकर्मा वडा नं. ७ का वडा अध्यक्ष प्रितम थापा लगायतको टोलीले स्यानेटरी प्याड वितरण गरेको हो ।