अर्घाखाँचीमा महाशिवरात्री तथा सेना दिवसको अबसरमा रामबाण गुल्म म्यालपोखरी ब्यारेकमा भलिबल प्रतियोगिता सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको वाङ्लामा नेपाली सेनाको रामबाण गुल्म म्यालपोखरी ब्यारेकमा महाशिवरात्री तथा नेपाली सेना दिवस २०७६ मनाएको छ । 
रामबाण गुल्म अर्घाखाँचीको आयोजनामा गरिएको बिशेष समारोहमा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, नगर उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेल, प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ठ, शस्स्त्र प्रहरीका मनि कुमार पल्ली मगर, प्रमुख बिभिन्न राजनीति दलका नेताहरु अनुसन्धान अधिकृत बिनय राज चत्रुबेर्दी पत्रकार महासघका अध्यक्ष हिम लेकाली लगायतको उपस्थिती रहेको थियो । 
शिबरात्री तथा नेपाली सेना दिबसको अबसरमा अर्घाखाँची जिल्लामा कार्यरत राष्टसेवक कर्मचारी तथा जिल्लावासी टिम बिच मैत्री पूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाबासी र रास्ट्र सेबक कर्मचारी बिच भएको भलिबल खेलमा रास्ट्र्सेबक कर्मचारी बिजयी भएको थियो ।