खिदिमको दुर्गाफाँटमा महाशिवरात्रीको अवसरमा तेस्रो पाणिनी दु्र्वाशेश्वर पर्यटन महोत्सव २०७६ सम्पन्न (तस्बिर सहित)
फाल्गुन ९ गते, २०७६ मा प्रकाशित
डिआरजी सुमन
दुर्गाफाट, अर्घाखाँची डटकम्/व्युरो । “अर्घाखाँचीको सौन्दर्यता हाम्रो शान पर्यटन विकासमा हाम्रो अभियान”भन्ने मुख्य नारा लिएर स्थापित पाणिनी पर्यटन समाज अर्घाखाँचीले यस वर्ष पनि महाशिवरात्रीको अवसर पारेर दुर्गाफाटमा भव्य महोत्सव सम्पन्न गरेको छ ।
वहुचर्चित लोक तथा दोहोरी गायक राजु परियार,चर्चित गायक तिलक वेल्वासे, ख्याति प्राप्त हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे वा) , नन्दु परियार,गायिका रुक्मिणा घिमिरे,अस्मिता जीएम, आदित्य अधिकारी लगायतका कलाकरहरुको प्रस्तुति रहेको थियो ।
विगतका दिनहरुमा पनि विभिन्न कार्यक्रम गर्दै आएको पाणिनी पर्यटन समाजले पाणिनीमा रहेका धार्मिक तथा पर्यटनीय क्षेत्रको प्रचार प्रसारमा व्यापकता दिदै यस पटक पनि महोत्सव सम्पन्न गरेको छ ।
अर्घाखाँची जिल्ला को पाणिनी गाँउ पालिकामा क्रियाशील पाणिनी पर्यटन समाज अर्घाखाँचीको मुख्य आयोजक रहेको महोत्सवमा प्रदेश सांसद रामजी प्रसाद घिमिरे र विशिष्ट अतिथिमा गाँउ पालिका प्रमुख अच्युत गौतम रहनु भएको थियो । दिन-भर वर्षा भएपनि स्थानीय जनताको वाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।