अर्घाखाँचीमा महानपर्व महाशिवरात्री धुमधामसँग मनाइयो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । प्रिय आत्माका पिता अध्यात्म प्रेमी हिन्दु नेपालीहरुको महानपर्व महाशिवरात्री अर्घाखाँचीमा धुम धामसँग मनाइयो छ ।
ब्राह्मकुमारी ईश्वररिय बिश्व बिध्यालय शाखा कर्यालय अर्घाखाँचीद्वारा आयोजित शुभकामना आदान प्रदान गरि यो पर्व को विभिन्न शिबालय मन्दिर हरुमा धुम धाम सग मनाइएको छ ।
समाजमा भएका बिकृती बिसङती को अन्तका लागि परमपिता पराआत्मको यो धर्तिमा अवतरण भएको यादगार पर्व नै शिबरात्रि पर्व हो समाजमा भएका अनैतिक कर्महरु मानिसबाटै अज्ञानताले हुने गरेको भन्दै यस्का लागि सकारात्मक सोच को बिकाश मा सबै लाग्नु पर्ने बताइएको थियोे ।
प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल को प्रमुख आतिथ्यतामा मा सम्पन्न कार्यक्रम मा प्रबचन मन्तव्य राख्दै शाखा कि प्रमुख कृति ले भनिन कामले कामलाई सिकाउछ र प्रक्रियामा कहिले काहीँ सन्तुलन बिग्रीयो भने भुल हुन सक्छ र जिबनमा सफल हुने हरुले पनि प्राय: आफनै भुल बाट पाठ सिकेर अगाडि बढेको भन्दै आफू बाट भएका गल्ती बाट पाठ सिक्नु नै बुद्धिमान भएको भन्दै सुर्य को रोशनी यो धर्ती मा जति फैलिए पनि दिउसै अन्धकार , भस्ट्चार, दुराचार भएको भन्दै बिकाश को कुरा हेर्ने हो भने आकाश मा उड्ने देखि बाटो मा गुड्ने को कुनै कमि नभएको भन्दै जब सम्म मुनुस्य भित्र को अन्धकार हट्दैन तब सम्म समाज न बदलिने भन्दै सबैमा आत्मसुदृढीकरण को लागि अनुरोध गरेकी छन ।
शुभकामना आदानप्रदान कार्यक्रम मा प्रहरी नायब उपरीक्षक प्रकाश बिस्ट सनपा वडा न.३ का अध्यक्ष लिलाराम गौतम पत्रकार महासंघ का जिल्ला अध्यक्ष हिम जिसि पत्रकार सहयोगी बिसि लगायत को उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु