डिआरजी सुमन
धातिवाॅङ । दुई वर्षदेखी दुवै मिर्गौला पिडित विर वहादुर नेपाली को आज विहान ५ वजे आकस्मिक निधन भएको छ । नियमित काठमांडू शिक्षण अस्पतालमा उपचार गराउदै गरेका वीर वहादुर नेपाली गतहप्ता काठमांडू देखी घर आउने क्रममा आकस्मिक विरामी परेपछी लुम्बिनी प्रदेशीक अस्पताल उपचारको लागी भर्ना गरिएको थियो ।
शिवरात्रिको दिन अर्घाखाँची पाणीनी ६ धातिवाॅङ स्थित आफ्नो घर पुगेका नेपाली ले गएराती एक्कासी पेट दुख्यो भनेको पारिवारिक स्रोतको भनाई छ ।
आज काठमांडू लैजाने तयारीमा रहेको अवस्थामा विहान ५ वजे नै प्राण गएको पिडितको वुवा नेत्र नेपालीले अर्घाखाँची डटकम् लाई वताएका छन ।
गरिवीको कारण विभिन्न स्थानमा सहयोग माग्न हिडेको भएपनि डाक्टरले भने वमोजिम रक़म जम्मा गर्न नसक्दा विरामीको मृत्यु भएको छ ।