अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको एक महिने जागरण अभियान जारी, जिल्लाभर यस्तो छ गतिविधी

गोपाल भट्टराई 
अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरबराज रेग्मीले राष्ट्रियताका लागि नेपाली जनताले कठोर संघर्ष गर्नुपर्ने बेला आएको बताउनुभएको छ । 
राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीद्धारा सांगठनिक अभियानको लागी आयोजित चौथो जिल्ला सम्मेलन पछिको प्रथम बिस्तारीत बैठकको सन्धिखर्कमा उद्घाटन गर्दे अध्यक्ष रेग्मीले यस्तो बताउनुभएको हो । भारतले लिम्पियाधुरा देखि कालापानीसम्म कब्जा गरेर आफ्नो नक्सामा समेट्नु नेपाल विरुद्ध युद्धको घोषणा गरे सरह भएको भन्दै उहाँले भारतले कब्जा गरेको भूमी जुनसुकै उपायवाट भएपनि फिर्ता गरेर आफ्नो अखण्डताको रक्षा गर्न नेपाली जनता तयार हुनुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले एमसीसी स्वीकार गरेर ओली सरकारले देशलाई साम्राज्यवादी ध्रुर्वतर्फ लैजान खोजेको आरोप लगाउदै ‘होलीवाइन, एमसीसी र आइपीसमा संलग्नता तथा बिमस्टेकमा सहभागिताले देशलाई अमेरिकी साम्राज्यवादी क्याम्पमा लैजाने प्रयास गरेको बताउनु भयो । 
सरकार नेपालको असंलग्न परराष्ट्र नीति विपरित हिडिरहेको आरोप लगाउदै भट्टले संसदले नागरिकता संशोधन विधेयक पास गरे नेपाल सिक्किम बन्ने दाबि समेत गर्नुभयो । राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता,उपाध्यक्ष गोपाल पौडेलको स्वागत मनतब्य र सचिब बाबुराम पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजमो नेता शेर बहादुर बिसी,सागर केसी,झबिलाल थापा,यमलाल पोख्रेल,पशुपति ढकाल,कल्पना पोख्रेल,राजेन्द्र नेपाली,पुरन नेपाली लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो । बैठकले अर्घाखाँचीका ६ वटै पालीकाहरुमा आगामी फागुन महिना भर १ महिने सांगठानिक अभियान सन्चालन गर्ने निर्णय समेत यरेको छ । जसकोलागी बिभिन्न पालीकामा अभियान सन्चालक समिति गठन गरीएको राजमो अर्घाखाँचीले जनाएको छ ।
१.एक महिने जागरण अभियानको जिल्ला स्तरिय परिचालन समिति ः
संयोजक ः राजमो अर्घाखाँचीका बरिष्ठ नेता शेर बहादुर बि.सी. रहेको ७ सदस्यिय परिचालन समिति बनेको छ । जसमा राजमो केन्द्रिय सदस्य झविलाल थापा,नेता सागर के.सी.,जिल्ला अध्यक्ष थम्मन के.सी.,कोषाध्यक्ष यमलाल पोख्रेल,सचिवालय सदस्य गोविन्द वि.सी. र मसालका प्रवक्ता पशुपति ढकाल सदस्य रहनुभएको छ ।
२.पालिका स्तरिय समिति ः
क) भुमिकास्थान नगरपालिका ः संयोजक थम्मन के.सी.,सह–संयोजक भुनपा अध्यक्ष टेक बहादुर थापा रहेको ११ सदस्यिय
ख)सन्धिखर्क नगरपालिका ःसंयोजक राजमो सचिवालय सदस्य गोविन्द वि.सी..,सह–संयोजक किसान संघका जिल्ला सचिव भिमलाल आचार्य रहेको १३ सदस्यिय
ग)मालारानी गाउँपालिका ः संयोजक राजमो जिल्ला प्रतिनिधि कमल प्रसाद भुसाल,सह–संयोजक बुद्धिजिवी संघका जिल्ला अध्यक्ष नरेन्द्र बहादुर थापा रहेको ११ सदस्यिय
घ)शितगंगा नगरपालिका ः संयोजक राजमो जिल्ला कोषाध्यक्ष यमलाल पोख्रल.,सह–संयोजक जोग बहादुर सारु रहेको ७ सदस्यिय
ङ)छत्रदेव गाउँपालिका ः संयोजक नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल.,सह–संयोजक राजमो जिल्ला सचिवालय सदस्य गंगाराम खनाल रहेको ७ सदस्यिय
च)पाणिनी गाउँपालिका ःसंयोजक अनेम संघ जिल्ला सचिव कल्पना पोख्रेल.,सह–संयोजक राजमो जिल्ला सल्लाहकार देवी भुसाल रहेको ७ सदस्यिय
३.भुमिकास्थान नगरपालिकाका १० वटा वडा स्तरिय समिति ः
क) वडा नम्बर १ र २ ढाकावाङ्ग ः संयोजक राजमो केन्द्रिय सदस्य झविलाल थापा,सह–संयोजक राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.
ख) वडा नम्बर ३ र ४ धारापानी ः राजमो अर्घाखाँचीका बरिष्ठ नेता सागर केसी.,सह–संयोजक राजमो नेता खडक बहादुर थापा
ग)वडा नम्बर ५ र ६ खिल्जी–असुरकोट ः संयोजक राजमो बरिष्ठ नेता शेर बहादुर वि.सी.,सह–संयोजक राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल,
घ) वडा नम्बर ७ र ८ नुवाकोट ः संयोजक अनेम संघ केन्द्रिय महासचिव सकुन्तला राना,सह–संयोजक राजमो भुमिकास्थान अध्यक्ष टेक बहादुर थापा,
ङ) वडा नम्बर ९ र १० ढिकुरा–धनचौर ः संयोजक राजमो जिल्ला सचिव बाबुराम सुनार,सह–संयोजक राजमो जिल्ला सदस्य कविराम खनाल ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको एक महिने बिशेष सांगठानिक अभियानको फागुन १ गते भव्य रुपमा उद्घाटन गरेको छ । पार्टीको केन्द्रिय समितिकै निर्णय अनुसार देशैभर फागुन १ गतेबाट सुरु भएको एक महिने अभियानलाई अर्घाखाँचीमा पनि ६ वटै पालिकाका पुराना बामपन्थी नेताहरुलाई दोसल्ला ओडाएर अभियानको भव्यरुपमा उद्घाटन गरिएको हो । ६ वटा टोलीले जिल्लाका ६ वटै पालिकामा एक जना युवकलाई राजमोको सदस्यता र जेष्ठ सदस्यलाई दोसल्लाले सम्मान गर्दै सुरु गरिएको अभियानमा राजमोका बिशिष्ट नेताहरु शेर बहादुर बि.सी.,सागर के.सी.,केन्द्रिय सदस्य झविलाल थापा,जिल्ला अध्यक्ष थम्मन के.सी.,उपाध्यक्ष गोपाल पौडेल,सचिव बाबुराम पन्थी,कोषाध्यक्ष यमलाल पोख्रेल,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल,राजमो नेताहरु गोविन्द बि.सी.,कमल प्रसाद भुसाल,कमल प्रसाद घिमिरे,गंगाराम खनाल,कविराम खनाल,खड्क बहादुर थापा,टेक बहादुर थापा,जिवनारायण खनाल,कल्पना पोख्रेल,अखिल छैठौंका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई,अन्टुक जिल्ला अध्यक्ष सिद्धि भट्टराई,जातिय समता समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली,किसानका सचिव भिमलाल अचार्य,पोमनारायण पौडेल,रुद्र पराजुली,प्रगतिशिल पत्रकारका जिल्ला अध्यक्ष जितेन्द्र खत्री लगायतको सहभागिता रहेको थियो । अहिले देशका हरेक क्षेत्रमा जकडिएको बेथिको झाँङ्गलाई ओखेल्न र राष्ट्रियताको रक्षाको निम्ती जनजागरण अभियानको खाँचो रहेको नेताहरुले बताएका छन् । फागुन महिनाभरि जिल्लाका ६१ वटै वडामा पुगेर हजारौं नयाँ सदस्यता बिस्तार गर्ने योजना बनाएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको यो अभियानमा जिल्लाको पुरै शक्ति परिचालन हुने पार्टी अध्यक्ष थम्मन के.सी.ले जानकारी दिनुभएको छ ।
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समितिले डेढ दर्जन बढि पुराना बामपन्थी ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । राजमो अर्घाखाँचीले आयोजना गरेको एक महिने बिशेष सांगठानिक अभियानको उद्घाटन गर्दै नगर समितिले २३ जना जेष्ठनागरिकलाई दोसल्ला ओडाएर सम्मान गरेको हो । राजमो नगर अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता,कविराम खनालको स्वागत मन्तव्य र बाबुराम पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा ६० बर्ष माथिका जेष्ठ बाम सदस्य भुमिकास्थान १ का मन बहादुर वि.क.,जुद्ध बहादुर बैजाली भुमिकास्थान २ का रोमाखर बन्जाडे,हिमलाल बन्जाडे,३ का साल बहादुर थापा,४ का देवका सुनार ,५ का जालपादेवी नेपाली,मित्रलाल वेल्वासे,डुक बहादुर वि.क.,६ का शुभ कुमारी बस्नेत,७ का गोविन्द बहादुर थापा,लोक बहादुर थापा,८ का बेदुराम गैरे,९ का चोपलाल घिमिरेलाई सदस्यता,फुलमाला र दोसल्ला ओडाएर सम्मान गरिएको राजमोका केन्द्रिय सदस्य झविलाल थापाले जानकारी दिनुभएको छ । झन्डै तिस जना नेताहरुको सहभागितामा संचालन भएको अभियान उद्घाटन टोलीले भुमिकास्थान १० मा धनिराम गैरे,डाँस बहादुर वि.क.,बुद्धिराम गैरे,हुमकला गैरे,सुमित्रा गैरे,रामलाल भुसाल,बिर बहादुर खत्री र रिखिराम गैरेलाई पनि सदस्यता,फुलामाला र दोसल्लाले सम्मान गरिएको अभयानका अर्का नेता सागर केसीले जानकारी दिनुभएको छ । अभियानमा राजमो नेता शेर बहादुर बि.सी.,जिल्ला अध्यक्ष थम्मन के.सी.,उपाध्यक्ष गोपाल पौडेल,कविराम खनाल,खड्क बहादुर थापा,अखिल छैठौंका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई,प्रगतिशिल पत्रकारका जिल्ला अध्यक्ष जितेन्द्र खत्री लगायतको सहभागिता रहेको थियो ।यसैविच अभियानको दोस्रो दिन राजमोको अर्को टोलीले हिजो मालारानी गाउँपालिकाको हंसपुरमा अभियान सम्पन्न गरेको छ । बिर बहादुर कुंवरको अध्यक्षता,नरेन्द्र नगरकोटीको स्वागत मन्तव्य र योगेन्द्र थापाको संचालनमा सम्पन्न कार्यक्रममा टोलीका संयोजक कमल प्रसाद भुसालले स्वर्गिय बाम नेता जंग बहादुर थापाको श्रीमती कृष्णकला थापालाई सदस्यता प्रदान गरि दोसल्ला ओडाएर सम्मान गर्नुभएको बताइएको छ । राजमो हंसपुरका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा टोली संयोजक भुसाल र सह–संयोजक नरेन्द्र बहादुर थापाले ८७ बर्षिय जेष्ठ बामपन्थी ब्यक्तित्व पूर्ण बहादुर नगरकोटीलाई पनि दोसल्ला ओडाएर सम्मान गर्नुभएको राजमो मालारानीले जनाएको छ । अहिले देशका हरेक क्षेत्रमा जकडिएको बेथिको झाँङ्गलाई ओखेल्न र राष्ट्रियताको रक्षाको निम्ती जनजागरण अभियानको खाँचो रहेको राजमोका नेताहरुले बताएका छन् । फागुन महिनाभरि जिल्लाका ६१ वटै वडामा पुगेर हजारौं नयाँ सदस्यता बिस्तार गर्ने योजना बनाएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको यो अभियानमा जिल्लाको पुरै शक्ति परिचालन हुने पार्टी अध्यक्ष थम्मन के.सी.ले जानकारी दिनुभएको छ ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संचालन गरेको एक महिने जागरण अभियान अन्तरगत शुक्रबार खिल्जी र असुरकोटमा कार्यक्रम सम्पन्न भएका छन् । खिल्जी र असुरकोटमा भएका छुट्टा छुट्टै प्रशिक्षण भेलाले आसन्न फागुन महिनाभर संचालन गरिने एक महिने जागरण अभियान संचालन गर्नको निम्ती खिल्जीमा मित्रलाल पोख्रेल संयोजक र कृष्ण वेल्वासे सह–संयोजक रहेको ११ सदस्यिय परिचालन समित बनाएको छ । दुवै ठाउँमा राजमोका नेता तथा कार्यकर्ताको उल्लासपूर्ण उपस्थितिमा सम्पन्न भेलाले असुरकोटमा हिमलाल वेल्वासेको संयोजकत्वमा १७ सदस्यिय अभियान परिचालन समितिको गठन गरेको छ ।जसको सह–संयोजकमा मान बहादुर राना चयन हुनुभएको बताइएको छ । कार्यक्रममा राजमो नेता शेर बहादुर बि.सी.र गोपाल पौडेलले सहजिकरण गर्दै मुलुकमा ब्याप्त रहेको सामाजिक बिकृति र राष्ट्रियताका लागि नेपाली जनताले कठोर संघर्ष गर्नुपर्ने बेला आएको बताउनुभएको छ । मित्रलाल पोख्रलको अध्यक्षता, कृष्ण प्रसाद वेल्वासेको स्वागत मन्तव्य र प्रकाश पौडेलको संचालनमा सम्पन्न भेलामा नेताहरु हिमलाल वेल्वासे,तुल्सी वेल्वासे,राजु सुनार लगायतको आतिथ्यता रहेको थियो ।
अखिल छैठौं अर्घाखाँचीले जिल्लाका ५ वटा पालिकामा छिट्टै भेला गर्ने भएको छ । आज सन्धिखर्कमा सम्पन्न जिल्ला समितिको बैठकले आसन्न चैत्र १ देखी ५ गते सम्म काठमाडौंमा हुन लागेको संघियता बिरुद्ध विद्यार्थि मार्चमा अर्घाखाँचीबाट सहभागि हुने विद्यार्थिको छनोट गर्ने र संगठनलाई सक्रिय बनाउने उद्धेश्यका साथ पालिका स्तरिय भेला गर्ने निर्णय गरेको हो । छैठौंका जिल्ला अध्यक्ष पुरन नेपालीको अध्यक्षता,उपाध्यक्ष आकाश भाटको स्वागत मन्तव्य र नविन बन्जाडेको संचालनमा सम्पन्न बैठकमा केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराईले सहजीकरण गर्नुभएको थियो । भुमिकास्थान नगरको भेला यस अघि नै भइसकेकोले फागुन महिनाभरिमा बांकी ५ वटा पालिका र यहि फागुन १० गते शनिबार पाणिनी बहुमुखी क्याम्पसको भेला गर्ने निर्णय गरेको बताइएको छ । बैठकले शिक्षा र सामाजिक क्षेत्रमा देखिएका सबैखाले बिकृतिलाई अन्त्य गर्नको निम्ती विद्यार्थि जागरणलाई समेत ध्यान दिने निर्णय गरेको अखिल छैठौं अर्घाखाँचीले जानकारी दिएको छ ।
भुमिकास्थान नगरपालिकाले दुइवटा कार्यविधि पास गरेको छ ।  कार्यपालिकाको बैठकले घर बहाल कर व्यबस्थापन कार्यविधि,२०७६ र व्यबसाय कर सम्बन्धि कार्यविधि,२०७६ बहुमतले पारित भएका हुन् । नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीले पेश गर्नुभएका दुइवटै कार्यविधिमाथि छलफल र सुझाव पछि बहुमतले पारित गरिएको नगर प्रवक्ता एवम् वडा नम्बर ४ का अध्यक्ष बाबुराम पन्थीले जानकारी दिनुभएको छ । अधिकांश कार्यपालिका सदस्यहरुको उपस्थितिमा बसेको बैठकले कार्यविधि पास गरेसंगै भुमिकास्थान नगरपालिकामा घर बहाल कर र व्यबसाय कर ब्यबस्थापनमा सहज हुने बताइएको छ ।यस्तै बैठकमा प्रमुख प्रशासकिय अधिकृत भण्डारीले नै पेश गर्नुभएको महालेखा परिक्षणबाट प्राप्त भएको लेखापरिक्षणको प्रतिवेदनमाथि छलफल चलेको जसमाथि कार्यपालिका सदस्यहरुले सुझाव संकलनका निम्ती समयको माग गरेपछि नगरपालिकाले अध्यन गर्ने समय दिइएको प्रवक्ता पन्थीको भनाई छ । लेखापरिक्षणबाट केहि योजनामा बेरुजु देखिएकोले अध्यनका निम्ती समयको माग भएको बताइएको छ ।

अन्य समाचारहरु